सङ्घ विधायक सोनाम लामा आफ्नो जिम्मेवारी निर्वाह गर्न विफल बनेको आरोप
सङ्घ विधायक सोनाम लामा आफ्नो जिम्मेवारी निर्वाह गर्न विफल बनेको आरोप


गान्तोक, 29 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका सङ्घ उम्मेदवार छितेन टाशी भोटिया अब चुनाउ लड्न पाउने भएका छन्। भोटियाको नामाङ्कनलाई लिएर आपत्ति जनाइएको थियो। तर, आज जिल्ला चुनाउ अधिकारीको कार्यालयमा भएको नामाङ्कन पत्र जॉंचपछि उनको चुनाउ लड्ने बाटो खुल्ला भएको छ।

भाजपाका सङ्घ उम्मेदवार भोटिया आफ्नो स्वास्थ्य विषयलाई लिएर अहिले दिल्लीमा उपचाराधीन छन्। उनले दिल्लीबाटै आफ्नो नामाङ्कन बुझाएका थिए। यस क्रममा भोटियाले कतिपय नामाङ्कन प्रक्रिया पूरा नगरेको भन्दै आपत्ति जनाइएको उनका एक समर्थक निम पिञ्चो भोटियाले पत्रकारहरूलाई बताए।

उनले छितेन टाशी भोटियाको नामाङ्कन विरुद्ध निवर्तमान सङ्घ विधायक सोनाम लामा र उनको टीमले आपत्ति जनाएको थियो भनी जानकारी गराए। तर, आज जिल्ला चुनाउ अधिकारीको कार्यालयमा नामाङ्कन जॉंचपछि अधिकारीले चुनाउ लड्न सक्ने स्पष्ट गरिदिएको उनले बताए। छितेन टाशी भोटियाले आफ्नो नामाङ्कन बुझाउन सम्पूर्ण प्रक्रिया पूरा गरेको भए तापनि प्रश्न उठाउने काम भएको उनले बताए। उनले छितेन टाशी जस्ता उच्च पदस्थ सम्मानित व्यक्तिमाथि प्रश्न उठाउनु भनेको सम्पूर्ण सङ्घ लामाहरू विरुद्ध प्रश्न उठाउन रहेको बताए।

अर्कोतिर, उनले यसरी आपत्ति जनाएर सङ्घका भोटरहरूलाई डर देखाउने र उनीहरूको अपमान गर्ने काम गरिएको पनि आरोप लगाए। उनले छितेन टाशी चुनाउ लड्न चाहॅंदैन थिए, तर नितर्वमान सङ्घ विधायकले समुदाय विरोधी काम गरेकाले उनी अघि आउनु बाध्य बनेको दाबी गरे।

निवर्तमान सङ्घ लामाले बिग्रेका कुराहरूलाई सम्बोधित गर्न अगुवा बनेर काम गर्नु पर्ने थियो, तर उनी आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको पनि उनले आरोप लगाए। उनले सङ्घ मतदाताहरूलाई एकपल्ट छितेन टाशी भोटियालाई मौका दिन अपील पनि गरे।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande