एसएसबीले 20 किलो गाँजासितै तस्करलाई समात्यो
एसएसबीले 20 किलो गाँजासितै तस्करलाई समात्यो


पूर्वी चम्पारण, 29 मार्च(हि.स.)। एसएसबी 71औं वाहिनीको अठमोहान क्याम्पका जवानहरूले इण्डो-नेपाल सीमास्थित अगरवा गाउँको पिलर संख्या 359/10 नजिक 20 किलोग्राम गाँजा (नशालू पदार्थ)-सितै एकजना तस्करलाई पक्राउ गरेका छन्।

एसएसबी 71औं बटालियनका कमाण्डेन्ट प्रफुल्ल कुमारले बताए, गुप्त सूचना प्राप्त भएको थियो- एकजना नेपाली युवक नशालू पदार्थ लिएर नेपालदेखि भारतीय सीमामा प्रवेश गर्नेवाला छ। त्यसपछि एसएसबी जवानहरूले सीमा क्षेत्रमा सतर्कता बढ़ाउँदै वाहनहरूको जाँच गर्न थाले। यसै क्रममा एक तस्करलाई 20 किलो गाँजासितै पक्राउ गरियो।

पक्रा परेको तस्करको पहिचान नेपालको बारा जिल्लाको सिमरौंनगढ़ थाना क्षेत्र अन्तर्गत डाँठ गाउँ निवासी जोगिन्दर मुखियाका पुत्र दिनेश मुखियाको रूपमा भएको छ। जाँचबुझ तथा कागजी प्रक्रिया पूरा गरेपछि तस्करलाई गाँजासितै जितना थानामा सुम्पिइयो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande