तीन आरोपी 296 ग्राम ब्राउन शुगरसितै समातिए
तीन आरोपी 296 ग्राम ब्राउन शुगरसितै समातिए


सिलगढ़ी, 29 मार्च (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी)-ले गुप्त सूचनाको आधारमा कारबाही गर्दै एकै रातमा तीनजना आरोपीहरूलाई 296 ग्राम ब्राउन शुगरसितै कब्जामा लिएको छ। कब्जामा लिइएका आरोपीहरूमा सुराई हांसदा (33), भैया मुर्मू (22) र जितेश शेरपा (28) सामेल छन्। यिनीहरूमध्ये दुईजना खोरीबारीको चरना जोत निवासी हुन् भने जितेश शेर्पा नेपालको हो।

पुलिस सूत्र अनुसार गए बिहीवार अबेर राती एसएसबीको 41औं बटालियनका जवानहरूले भारत-नेपाल सीमावर्ती खैरमनी जोतस्थित खोरीबाड़ीमा अभियान चलेर दुईजना संदिग्धहरूलाई समाते। जाँच गर्दा दुवैबाट 200 ग्राम ब्राउन शुगर जफत गरियो।

यसरी नै दूधगेट क्षेत्रमा अभियान चलाएर 96 ग्राम ब्राउन शुगर सहित एकजना आरोपीलाई पक्राउ गरियो। त्यसपछि एसएसबीले तीनैजना आरोपीहरूलाई अग्रिम कारबाहीको निम्ति खोरीबाड़ी थानामा सुम्पिदियो। खोरीबाड़ी थानाको पुलिस अग्गरिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande