अन्तरराष्ट्रिय नारकोटिक्स कण्ट्रोल बोर्डको चुनाउमा भारतको जित, जगजीत पवाडिया फेरि चयनित
अन्तरराष्ट्रिय नारकोटिक्स कण्ट्रोल बोर्डको चुनाउमा भारतको जित, जगजीत पवाडिया फेरि चयनित


न्यूयर्क, 10 अप्रेल (हि.स.)। संयुक्त राष्ट्रमा भारतले ठूलो जित हासिल गरेको छ। भारतकी जगजीत पवाडियालाई अन्तरराष्ट्रिय नारकोटिक्स कण्ट्रोल बोर्डको निम्ति फेरि चयन गरिएको छ।

यस चुनाउको आयोजन संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषदले गरेको हो। यसलाई सर्वाधिक प्रतिस्पर्धी चुनाउ मानिन्छ। पवाडियाले सर्वाधिक मत हासिल गरेकी छन्।

भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलवार एक्स ह्यान्डल पोस्टमा भने, ‘आज, भारतकी उम्मेदवार सुश्री जगजीत पवाडियालाई न्यूयर्कमा भएको चुनाउमा 2025-2030 अवधिको निम्ति अन्तरराष्ट्रिय नारकोटिक्स कण्ट्रोल बोर्डको निम्ति फेरि चयन गरिएको छ। भारतले बोर्डका सबै निर्वाचित सदस्य देशहरूमा सबैभन्दा धेरै भोट हासिल गरेको छ।’

उल्लेखनीय छ, जगजीत पवाडियाले 2019 मा पनि जित हासिल गरेकी थिइन्। उनले आफ्नो प्रतिद्वन्दी चीनका हाओ वेईलाई हराएर रेकर्ड भोटले जित हासिल गरेकी थिइन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande