मिनिएर आर्टिस्टले तयार पारे रामकथाको 500 प्रसंगहरू समेत 20 लाख चित्र, 51 हजार राम नामको कलाकृति
मिनिएर आर्टिस्टले तयार पारे रामकथाको 500 प्रसंगहरू समेत 20 लाख चित्र, 51 हजार राम नामको कलाकृति


अयोध्या, 16 अप्रेल (हि.स.)। जयपुरको मिनिएचर आर्टिस्ट नवीन शर्माले रामललाको निम्ति छह वर्षमा तयार पारिएको एक कलाकृति मंगलवार श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महामन्त्री चम्पत रायलाई सुम्पे। यो कलाकृति 23 इंच लामो र 31 इंच चौड़ा छ। यसमा रामकथाको 500 प्रसंगहरू समेत कूल 20 लाख चित्र र 51 हजार पल्ट रामको नाम अंकित छ। कलाकृतिका चारै कुनामा चार धाम छन्। बीचमा राम दरबार, सीता स्वयंवर र राम मन्दिर छ।

आफ्नो कलाको निम्ति राष्ट्रपतिबाट पुरस्कृत नवीन शर्मा अनुसार, राम मन्दिरमाथि फसेला आएपछि कार्यस्थलमा निर्विघ्न कार्यको निम्ति बालाजीको गद्दी स्थापित गरी उनले काम शुरू गरे। छह वर्षमा 7600 घण्टा काम गरेर उनले यो मिनिएचर कलाकृति तयार पारेका हुन्। चारै कुनामा चार धाम बाहेक आधा इंचको परिसीमामा देशका 211 मन्दिर, सवा दुई इंचको परिसीमाको 28 खण्डमा भक्तहरू समेत भगवान विष्णको 24 चित्र, अन्तिम परिसीमाको पौने इंचको खण्डमा राम चरितका 500 सुखदाई प्रसंगहरूको चित्रण छ।

माथि श्री गणेश ऋद्धि सिद्धिको साथ विराजमान छन्। बीचको परिसीमाको सबैभन्दा ठूलो खण्डमा राम मन्दिर छ। अधिकांश चित्रण र लेखनमा कपालले निर्मित ब्रशको उपयोग गरिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande