भाजपाले लोकसभा चुनाउको निम्ति जारी गऱ्यो 12औं सूची
भाजपाले लोकसभा चुनाउको निम्ति जारी गऱ्यो 12औं सूची


नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले मंगलवार 7 लोकसभा उम्मेदवारहरूको आफ्नो 12औं लिस्ट जारी गरेको छ। यस सूचीमा महाराष्ट्रको एक, पश्चिम बंगालको एक, उत्तर प्रदेशको दुई र पञ्जाबबाट तीन उम्मेदवार सामेल छन्।

भाजपाले यस बाहेक उत्तर प्रदेश र तेलङ्गानामा भइरहेको विधानसभा उपचुनाउको निम्ति पनि आफ्नो उम्मेदवारहरूको नामको घोषणा गरेको छ। पार्टीले यसका साथै ओडिशामा भइरहेको विधानसभा चुनाउको निम्ति 21 उम्मेदवारको आफ्नो दोस्रो लिस्ट पनि जारी गरेको छ।

मंगलवार जारी सूची अनुसार, भाजपाले महाराष्ट्रको सतारा लोकसभा सीटबाट छत्रपति उदयनराजे भोन्सले, पञ्जाबको खडूर साहिबबाट मन्जीत सिंह मन्ना, होशियारपुरबाट अनिता सोम प्रकाश, बठिन्डाबाट परमपाल कौर सिद्धूलाई उम्मेदवार बनाएको छ। उत्तर प्रदेशको फिरोजाबादबाट ठाकुर विश्वदीप सिंह, देवरियाबाट शशांक मणि त्रिपाठी र पश्चिम बंगालको डायमन्ड हार्बरबाट अभिजीत दासलाई उम्मेदवार बनाइएको छ।

यसका साथै भाजपाको केन्द्रिय चुनाउ समितिले आगामी विधानसभा उपचुनाउको निम्ति तेलंगानाको सिकन्दराबाद केन्ट सीटबाट डा. टीएन वामशा तिलक र उत्तर प्रदेशको लखनऊ पूर्वबाट ओपी श्रीवास्तव, ददरौलबाट अरविमेद सिंह, गैन्सड़ीबाट शैलेन्द्र सिंह शैलू, दुद्धीबाट श्रवण गौन्डलाई उम्मेदवार बनाइएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande