हाम्रो निम्ति हाम्रो संविधान 2047 को सपना पूरा गर्ने संकल्प- मोदी
हाम्रो निम्ति हाम्रो संविधान 2047 को सपना पूरा गर्ने संकल्प- मोदी


पटना, 16 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहारको गयामा राजग उम्मेदवार जीतनराम मांझीको पक्षमा चुनावी जनसभालाई सम्बोधित गर्दै भाजपा जहिले पनि अगाड़ी बढ्छ, संविधान बदली गर्नेछ भनेर भ्रम फैलाइने गरेको बताए। उनी अनुसार, मोदी र भाजपा त के स्वयं बाबा भीमराव अम्बेडकरले पनि यस संविधानलाई बदली गर्न सक्दैनन्। हाम्रो निम्ति हाम्रो संविधान 2047 को सपना पूरा गर्ने संकल्प हो। पूरा विश्वमा यस समय अस्थिरता छ, देशलाई यस समय कठोर फसेला लिनसक्ने सरकारको आवश्यकता छ।

मोदीले 19 अप्रेलमा पूरा शक्तिको साथ भाजपा नेतृत्व राजग गठबन्धनलाई विजयी बनाउन मतदान गर्ने अपील गर्दै राजदमाथि जमेर हमला गरे। उनले भने, लालटिन बोक्नेले तपाईलाई आधूनिक युगमा जान दिनेछैनन्। यिनीहरूको शासन भएको भए तपाईको मोबाइलको ब्याट्री पनि चार्ज हुनेथिएन। यिनीहरूले भन्ने गर्थे, हामी प्रगतिशील छैनौं। हामीले देखायौं, चन्द्रयानमा जाने शक्ति कसमा छ। भाजपा जहिलेपनि अगाड़ी बढ्छ, संविधान बदली गर्नेछ भनेर भ्रम फैलाइन्छ। मोदी र भाजपा त के, स्वयं बाबा भीमराव अम्बेडकारले पनि यस संविधानलाई बदली गर्न सक्दैनन्। असत्य फैलाउनु बन्द गर।

यिनीहरूलाई थाहा हुनुपर्छ, यो जुन संविधान सभा थियो, त्यसको डा. राजेन्द्र बाबूले नेतृत्व गर्थे। बाबाको मन, मस्तिष्क र कलमले त्यसलाई शब्दहरूमा हालिरहेको थियो। देशका गणमान्य व्यक्तिहरूले देशको भावना र देशको परिस्थितिहरूलाई बुझेर देशको संविधान बनाइरहेका थिए। जसले सनातनलाई गाली गर्छन्, यो जुन संविधान यति महान बनेको छ, जसले हाम्रो देशलाई अघि लैजाने शक्ति प्रदान गर्छ, यस संविधानलाई बनाउन जुन संविधान सभा थियो, त्यसमा 80-90 प्रतिशतभन्दा पनि धेरै सनातनी थिए। ती सनातनीहरूले यति उत्तम संविधान बनाउनमा बाबा भीमराव अम्बेडकरको साथ दिए। हाम्रो निम्ति हाम्रो संविधान 2047 को सपना पूरा गर्ने संकल्प हो। हामीले जुन सम्मान बाबा भीमराव अम्बेडकरलाई दिएका छौं, त्यो कसले पनि दिएको छैन।

मोदीले भाजपाको चुनावी घोषणापत्रको उल्लेख गर्दै भने, पहिलो पल्ट कुनै पार्टीको 'संकल्प पत्र' लाई 'गारन्टी कार्ड' भनिन्दैछ। कांग्रेस प्रमुख मल्लिकार्जुन खड़गेमाथि हमला गर्दै उनले भने, जब मैले संसदमा संविधान दिवस मनाउने प्रस्ताव राखे तब ती कांग्रेस नेता खड़गेनै थिए, जसले यस प्रस्तावको विरोध गरेका थिए। यो चुनाउ विकसित भारत, विकसित बिहारको त्यही संकल्पको चुनाउ हो। गयाको धरतीमा प्रचण्ड जनसमर्थनले मोदी सरकारप्रति यस अपार जनससर्थनको स्पष्ट संकेत दिइरहेछ। आगामी पाँच वर्षको निम्ति मोदीको गारन्टी कार्डलाई अपडेट गरिएको छ। गरीबहरूका लागि तीन करोड़ घर बनाइनेछ, गरीबहरूले निःशुल्क राशन पाउनेछऩ्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande