यूपीएससी सिविल सेवा परीक्षाको परिणाम घोषित, आदित्य श्रीवास्तवले गरे टप
यूपीएससी सिविल सेवा परीक्षाको परिणाम घोषित, आदित्य श्रीवास्तवले गरे टप


नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। संघ लोक सेवा आय़ोग (यूपीएससी) ले मंगलवार सिविल सेवा परीक्षा 2023 को अन्तिम परिणाम घोषित गरेको छ। यस साल आदित्य श्रीवास्तवले टप गरेका छन्। अनिमेष प्रधान दोस्रो र डोनुरू अनन्या रेड्डी तेस्रो स्थानमा छन्। पीके सिद्धार्थ रामकुमार चौथो र रूहानी पाँचौं स्थानमा छन्।

यूपीएससीले नियुक्तिको निम्ति कूल 1016 उम्मेदवारहरूको सिफारिश गरेको छ। यसमा 347 जनरल केटेगरीका उम्मेदवार, 115 ईडब्ल्यूएस श्रेणीकी उम्मेदवार, 303 ओबीसी, 165 एससी र 86 एसटी उम्मेदवारहरूलाई नामांकित गरिएको छ। यूपीएससीद्वारा परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरूको रोल नम्बर जारी गरिएको छ। 355 अनुशंसित उम्मेदवारहरूको उम्मेदवारीलाई प्रोवीजनल राखिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande