उज्बेकिस्तान गएका थल सेनाध्यक्षले दुवै सेनाबीच सैन्य सहयोगमाथि चर्चा गरे
उज्बेकिस्तान गएका थल सेनाध्यक्षले दुवै सेनाबीच सैन्य सहयोगमाथि चर्चा गरे


नयाँ दिल्ली, 17 अप्रेल (हि.स.)। उज्बेकिस्तानको चार दिवसीय यात्रामा गएका थल सेनाध्यक्ष जनरल मनोज पान्डेले दुवै सेनाबीच वर्तमान रक्षा सम्बन्धहरूलाई बलियो बनाउने तरीकाहरूमाथि चर्चा गरेका छन्। दुवै सेनाबीच सैन्य सहयोगलाई बलियो बनाउने पहलुहरूमाथि उनले उज्बेकिस्तानका वरिष्ठ अधिकारीहरूको साथ चर्चा गरे। जनरल मनोज पान्डेले भारतको दोस्रो प्रधानमन्त्री स्वर्गीय लाल बहादुर शास्त्रीलाई ताशकन्दमा उनको स्मारकमा पुष्पाञ्जली अर्पित गरे।

थल सेनाध्यक्ष जनरल पाण्डेले उज्बेकिस्तान सशस्त्र बलहरूको प्रथम उप रक्षामन्त्री र सीजीएस मेजर जनरल खलमुखामेदोव शुक्रत गैरत जेनोविचको साथ चर्चा गरे। सीओएएसले उज्बेकिस्तानका उपमन्त्री र वायु एवं वायु रक्षा बलहरूका प्रमुख मेजर नजरल बुरखानोव अहमद जमालो विचसित पनि भेट गरेर दुवै सेनाबीच वर्तमान रक्षा सम्बन्धहरूलाई बलियो बनाउने तरीकाहरूमाथि चर्चा गरे। यसपछि जनरल मनोज पान्डेले ताशकन्दमा सशस्त्र बल संग्रहालयको भ्रमण गरे, जहाँ उज्बेकिस्तानका विभिन्न एतिहासिक युगहरूसित सम्बन्धित सैन्य प्रदर्शनीहरू प्रदर्शित गरिएको छ।

यात्रामा सीओएएसलाई उज्बोकिस्तानको समृद्ध सैन्य इतिहास र उपलब्धीहरूबारे जानकारी दिइयो। उनले सीजीएसको साथ ताशकन्दमा विक्ट्री पार्क पनि गए, जसले द्विती विश्व युद्धमा उज्बेकिस्तानको योगदान र बलिदानको याद दिलाउँछ। सेन्टर फर इनोवेटिव टेक्नोलोजी एलएलसीको यात्रामा उज्बेकिस्तानको रक्षा औद्योगिक एजेन्सीहरूका निदेशकहरूको साथ कुराकानी गरे। यस सैन्य औद्योगिक परिसरलाई अनुसन्धान र तकनीकी आधुनिकीकरणले तयार पारिएको छ।

यात्रामा जनरल मनोज पान्डेले उज्बेकिस्तान सशस्त्र बल अकादमीका सीजीएस र प्रभारी डी'एफ़ेयर आरिफ़ सईदसंग उज्बेकिस्तान सशस्त्र बल अकादमी गए औं सैन्य प्रशिक्षण क्षेत्रमा सहयोगलाई अझ् बढ़ाउनमाथि विचार-विमर्श गरे। सीओएएसले अकादमीमा नयाँ सूचना प्रौद्योगिकी (आईटी) ल्याबको उद्घाटन गरे, जसलाई भारतको सहयोगमा स्थापित गरिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande