चुनाउ आयोगले बीआरएस अध्यक्ष के चन्द्रशेखर रावलाई नोटिस जारी गऱ्यो
चुनाउ आयोगले बीआरएस अध्यक्ष के चन्द्रशेखर रावलाई नोटिस जारी गऱ्यो


नयाँ दिल्ली, 17 अप्रेल (हि.स.)। चुनाउ आय़ोगले भारत राष्ट्र समिति (बीआरएस) अध्य़क्ष एवं तेलङ्गानाका पूर्व सीएम के चन्दशेखर रावलाई 05 अप्रेलमा सिरसिलामा कांग्रेस पार्टी विरूद्ध उनको टिप्पणीलाई लिएर नोटिस जारी गरेको छ। आय़ोगले आज नोटिस जारी गर्नका साथै उनलाई 18 अप्रेल बिहान 11 बजीसम्म आफ्नो टिप्पणीहरूको सम्बन्धमा आफ्नो रबैया स्पष्ट गर्नलाई भनेको छ।

के चन्द्रशेखर रावले एक पत्रकार वार्तामा कांग्रेसलाई लिएर आपत्तिजनक टिप्पणी गरेका थिए, जसपछि कांग्रेस नेता जी निरन्जनले चुनाउ आयोगसित शिकायत गरेको थियो। शिकायतको संज्ञान लिँदै अब चुनाउ आयोगले के चन्द्रशेखर रावमाथि कारबाही गरेको छ।

आयोगले यो पनि भन्यो, उनलाई उनको भाषणलाई लिएर पहिलेपनि धेरै सुझाउ र निर्देश जारी भइसकेको छ। निर्धारित समयभित्र उनको तर्फबाट कुनै प्रतिक्रिया नआए चुनाउ आयोगले उचित कारबाही गर्नेछ।

नोटिसमा भनिएको छ, आय़ोगलाई 06 अप्रेलमा तेलङ्गाना प्रदेश कांग्रेस कमिटीका वरिष्ठ उपाध्यक्ष जी निरनज्नबाट एक शिकायत पाइएको छ, जसमा आरोप लगाइएको छ कि के चन्द्रशेखर रावले सिरसिलामा आफ्नो प्रेस वार्तामा कांग्रेस पार्टी विरूद्ध अभद्र, अपमानजक र आपत्तिजनक आरोप लगाएका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande