प्रचारको अन्तिम दिन कुचबिहारमा तृणमूल कार्यकर्ताहरूमाथि आक्रमण, वाहन तोड़फोड़
प्रचारको अन्तिम दिन कुचबिहारमा तृणमूल कार्यकर्ताहरूमाथि आक्रमण, वाहन तोड़फोड़


कोलकाता, 17 अप्रेल (हि.स.)। उत्तर बंगालको कुचबिहारमा पहिलो चरणको मतदानको लागि प्रचारको अन्तिम दिन बुधवार सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसका कार्यकर्ताहरूमाथि आक्रमण भएको छ। तृणमूल नेता उदयन गुहाले यसको निम्ति भारतीय जनता पार्टी (भाजपा)-माथि आरोप लगाएका छन्।

कुचबिहारबाट भाजपाका उम्मेद्वार केन्द्रियमन्त्री निशीथ प्रमाणिक हुन्। यस क्षेत्रबाट तृणमूल कंग्रेसका निवर्तमान विधायक उदयन गुहाले आरोप लगाएरका छन्, पार्टीको प्रचार वाहनमाथि भाजपा कार्यकर्ताहरूले त्यसबेला आक्रमण गरे जतिबेला भेटागुड़ी क्षेत्रमा प्रचार अभियान संचालन भइरहेको थियो। प्रचार वाहनमा सवार तृणमूल कार्यकर्ताहरूमाथि पनि कुटपिट गरिएको छ।

दाबी छ, भाजपाका कार्यकर्ताहरूले कथित रूपमा उनीहरूमाथि हातपात गरेका छन्। तृणमूल कंग्रेसका घाइते कार्यकर्ताहरूलाई गम्भीर अवस्थामा कुचबिहारको दिनहाटा अस्पतालमा भर्ती गरिएको छ। मामिलालाई लिएर पुलिसमा सिकायत दर्ता गरिएको छ। साथै चुनाउ आयोगलाई पनि जानकारी गराइएको छ। यता भाजपाले भने आक्रमणका आरोपहरूलाई खण्डन गर्दै भनेको छ, यस घटनासित पार्टीको कुनै लिनु-दिनु छैन।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande