घरमा भयानक आगलागी, दुई घाइते
घरमा भयानक आगलागी, दुई घाइते


दक्षिण दिनाजपुर, 24 अप्रेल (हि.स.)। घरमा आगो लागेपछि सर्वस्व जलेर खरानी भएको छ। आगलागीको चपेटमा परेर गाईवस्तुहरूको पनि मृत्यु भएको छ भने आगोलाई निभाउने क्रममा दुईजना मानिसहरू जलेर घाइते भएका छन्। घटना जिल्लाको हिली थाना अन्तर्गत लश्करपुर क्षेत्रको हो।

भनिन्छ, गए मंगलवार अबेर राती स्थानीय यासिन अराफात मण्डलको घरमा आगो लाग्यो। हेर्दा-हेर्दै आगोको विकराल रूप धारण गऱ्यो। आगोको चपेटमा परेर गोठ सहित सम्पूर्ण घर जलेर स्वाहा भयो। गाईहरूको जलेर मृत्यु भयो। आगो निभाउन गएका दुईजना व्यक्ति घाइते भए।

घटनाको सूचना पाएर दमकलका वाहनहरू घटनास्थल तर्फ प्रस्थान भएको थियो, तर बाटो साँघुरो भएको कारणले दमकल वाहन घटनास्थलसम्म पुग्न सकेन। यता सूचना पाएर हिली थानाको पुलिस अबेर राती नै घटनास्थलमा पुग्यो अनि घटनाको जाँच शुरू गऱ्यो। यद्यपि आगलागीको कारण पत्तो लाग्न सकेको छैन।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande