आरबीआईले पेमेन्ट कम्पनी 'पेयू' लाई नयाँ ग्राहक जोड़्ने स्वीकृति दियो
आरबीआईले पेमेन्ट कम्पनी 'पेयू' लाई नयाँ ग्राहक जोड़्ने स्वीकृति दियो


- पेयूलाई ‘पेमेन्ट एग्रीगेटर’ -को रूपमा काम गर्ने सैद्धान्तिक स्वीकृति

नयाँ दिल्ली, 24 अप्रेल (हि.स.)। रिजर्भ ब्यांक अफ इण्डिया (आरबीआई)-ले वित्तीय प्रौद्योगिकी कम्पनी पेयूलाई लगभग 15 महिनापछि ‘पेमेन्ट एग्रीगेटर’- को रूपमा काम गर्ने सैद्धान्तिक स्वीकृति दिएको छ।

कम्पनीले बुधवार एक बयान जारी गरी बतायो, रिजर्भ ब्यांकले प्रोसस ब्याक्ड फिनटेक फर्म पेयूलाई पेमेन्ट अग्रिगेटर (पीए)-को रूपमा काम गर्ने तथा नयाँ मर्चेन्ट्सलाई फेरि जोड़्नकोलागि सैद्धान्तिक स्वीकृति दिएको छ। यो प्रिन्सिपल (सैद्धान्तिक) स्वीकृति फाइनल लाइसेन्स नभए पनि कम्पनीले यसको माध्यमबाट 6 देखि 12 महिनासम्म काम गर्न सक्नेछ।

पेयूले सैद्धान्तिक स्वीकृति पाउनसाथ अब नयाँ व्यापारीहरूलाई डिजिटल भुक्तान सेवा प्रदान गर्नको लागि आफूसित जोड़्नसक्छ। कम्पनीका मुख्य कार्यपालक अधिकारी (सीईओ) अनिर्बान मुखर्जीले भने, यो लाइसेन्स भारतमा वैश्विक स्तरमा चर्चित डिजिटल भुक्तान बुनियादी ढाँचा स्थापित गर्ने हाम्रो लक्ष्यको निम्ति महत्वपूर्ण छ।

‘पेमेन्ट एग्रीगेटर’ एक तृतीय-पक्ष सेवा प्रदाता हो जसले ग्राहक अनि व्यापारीहरूलाई भुक्तानको निम्ति एउटै मञ्चमा ल्याउँछ। यसले ग्राहकहरूलाई अनलाइन भुक्तान गर्ने तथा व्यापारीहरूलाई भुक्तान स्वीकार गर्नमा सक्षम बनाउँछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande