देशको संविधान जोगाउन हातको चिन्हमा भोट दिनुहोस्: तारा सुन्दास
देशको संविधान जोगाउन हातको चिन्हमा भोट दिनुहोस्: तारा सुन्दास


दार्जीलिङ, 24 अप्रेल (हि.स.)। शिक्षित बेरोजगार युवाहरूलाई न्याय दिलाउन साथै देशको संविधानलाई बचाउन यसपालीको लोकसभा चुनाउमा हातको चुनाउ चिन्हमा भोट दिनु होस् भनी सीपीआई नेता तारा सुन्दासले आह्वान गरेका छन्।

इण्डी गठबन्धन समर्थित कांग्रेस उम्मेदवार डाक्टर मुनिष तामाङको पक्षमा आज कालेबुङमा चुनावी पथसभा सम्पन्न भयो। उक्त चुनावी पथ सभालाई सम्बोधन गर्ने क्रममा सीपीआई नेता तारा सुन्दासले भने, भारतीय जनता पार्टीले 'अगली बार चार सय पार' भन्दैछ। यदि चार सय पार भएको खण्डमा देशको संविधान खतरामा पर्नेछ।

उनले भने, यस पटकको चुनाउ देशको संविधानलाई सुूरक्षित राख्ने चुनाउ हो भनी बताए। उनले देशमा दिनप्रति दिन बेरोजगारहरूको संख्या बढ्दै जॉंदैछ, किशानले आफ्नो फसलको सही मूल्य नपाएकोले आत्माहत्या गर्न बाध्य बन्दैछन्। यी सबै विषयहरूलाई रोक लगाउन अब हुने चुनाउमा हातको चुनाउ चिन्हमा भोट दिनुहोस्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande