गोजमुमो अध्यक्ष बिमल गुरुङले गरे मतदान
गोजमुमो अध्यक्ष बिमल गुरुङले गरे मतदान


— यसपाली हामीले चुनौतीपूर्ण निर्णय लिएर खटिरहेका छौं: बिमल गुरुङ

दार्जीलिङ, 26 अप्रेल (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय अध्यक्ष एचं भारतीय जनता पार्टीको गठबन्धन दलका नेता बिमल गुरुङले आज बिहान आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले दार्जीलिङको तकभर समष्टि अन्तर्गत पाँतलेबाँस सार्वजनिक भवनमा आफ्नी पत्नी एवं नारी मोर्चाकी केन्द्रिय अध्यक्ष आशा गुरुङसित भोट गरे।

आफ्नो मताधिकार प्रयोग गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले भने, यसपालीको लोकसभा चुनाउमा हामीले चुनौतीपूर्ण निर्णय लिएर सबैजना गम्भीर भएर खटिरहेका छौ। उनले यसपालीको चुनाउमा भाजपा प्रार्थी राजु विष्टले जित्ने दाबी गरेका छन्। उनले गत 2019 को लोकसभा चुनाउमा जस्तो मार्जिन बेसी नभए पनि यसपालीको चुनाउमा भाजपाले जित्ने दाबी गरे। उनले भने, यसपाली पहाड़, तराई र डुवर्सको जनताले भाजपा प्रार्थी राजु विष्टलाई जिताउन प्रण गरिसकेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande