अमेरिकामा भुॅंइचालोको गतिलो झट्का
अमेरिकामा भुॅंइचालोको गतिलो झट्का


वाशिङ्गटन, 06 अप्रेल (हि.स.)। पूर्वोत्तर संयुक्त राज्य अमेरिकाका केही स्थानहरूमा भुॅंइचालोको गतिलो झट्काले भवनहरू हल्लिए। भुॅंइचालोको झट्का महसूस हुनसाथ मानिसहरू आफ्ना घर र वाहनहरूबाट बाहिर निक्लिए।

यूनाइटेड स्टेट्स जियोलजिकल सर्वे (यूएसजीएस) ले शुक्रवार बिहान 10ः23 बजी आएको भुॅंइचालोको तीव्रता रिक्टर स्केलमा 4.8 बताएको छ। यूएसजीएस अनुसार, पूर्वोत्तर संयुक्त राज्य अमेरिकामा यसको झट्का फिलाडेल्फियादेखि बोस्टनसम्म महसूस गरियो। म्यानहट्टन र पॉंच नगरहरूमा तीव्र झट्कापछि भवनहरू हल्लिन थाल्यो।

यूएसजीएसको विवरण अनुसार, भुॅंइचालोको केन्द्र न्यूयर्क शहरदेखि लगभग 40 मील पश्चिममा व्हाइट हाउस स्टेशन, न्यजर्सी छेउ थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande