नेपालका विपक्षी नेताहरूको सत्ता समीकरण चॉंडै परिवर्तन हुने दाबी
नेपालका विपक्षी नेताहरूको सत्ता समीकरण चॉंडै परिवर्तन हुने दाबी


काठमाडौं, 07 अप्रेल (हि.स.)। नेपालमा सत्ता गठबन्धनमा परिवर्तन भएको एक महिना पनि बितेको छैन, तर विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले चॉंडै प्रचण्ड सरकार ढल्ने र नयॉं सत्ता समीकरण बन्ने दाबी गरेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनको पार्टीका शीर्ष नेता लगातार नेकपा एमालेका अध्यक्ष केपी ओलीको सम्पर्कमा रहेको र उपचुनाउपछि सत्ता समीकरण परिवर्तनलाई लिएर लगभग सहमति बनेको बताए। उनले भने, ‘यो देशमा राजनीतिक स्थिरता र आर्थिक सुदृढताको निम्ति कांग्रेस र एमाले एकजुट बन्नु आवश्यक छ। राजनीतिक अस्थिरताका कारण नै देशमा विकास कार्यहरूमा बाधा आइरहेको छ र सरकारी कर्मचारीहरूले आफ्नो मनमानी गरिरहेका छन्। उनले ओलीसॅंग कांग्रेसको सत्ता यात्राको शुरूवात चॉंडै हुने दाबी गरे।

यसरी नै कांग्रेस पार्टीका महामन्त्री गगन थापाले पनि सार्वजनिक कार्यक्रमहरूमा कांग्रेस र एमालेबिच सत्ता गठजोड़को प्रबल सम्भावना व्यक्त गरेका छन्। गगन थापाले भने, ‘दुई प्रमुख दल जोसॅंग 90 र 78 सीट छन्, यी दुवै दलले चुनाउको डेढ़ सालपछि पनि सत्ताको नेतृत्व पाएन र 32 सीट रहेको माओवादीले यी दुवै दलका साथ पालैपालो समर्थन लिएर आफ्नो सरकार चलिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक अस्थिर नेता बताउॅंदै कांग्रेसका महामन्त्री थापाले भने, ‘प्रचण्डको अस्थिर राजनीतिक चरित्रको परिणाम सम्पूर्ण देशले झेल्नु परिरहेको छ। गत आमचुनाउपछि प्रचण्डले केवल सत्ता समीकरण मात्र परिवर्तन गरिरहेका छन्, जसकारण विकास कार्यहरूमाथि सरकारको ध्यान छैन। उनले एमालेबाट संकेत पाउनसाथ साना दलहरूको दबाउको शक्ति समाप्त हुनेछ र कांग्रेस-एमाले मिलेर सरकार चलाउने छौं भने।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande