पेट्रोल-डिजलको मूल्य यथावत, काँचो तेल 86 डलर प्रतिब्यारल लगभग
petrol-disel


नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। सार्वजनिक क्षेत्रका तेल एवं ग्यास विपणन कम्पनीहरूले शुक्रवार पेट्रोल-डिजलको मूल्यमा कुनै फेरबदल गरेका छैनन्।

इण्डियन ओयलको वेबसाइट मुताविक नयाँ दिल्लीमा पेट्रोल 94.72 रुपियाँ, डीिजल 87.62 रुपियाँ, मुम्बईमा पेट्रोल 103.44 रुपियाँ, डिजल 89.97 रुपियाँ, कोलकातामा पेट्रोल 104.95 रुपियाँ, डिजल 91.76 रुपियाँ, चेन्नईमा पेट्रोल 100.75 रुपियाँ एवं डिजल 92.34 रुपियाँ प्रतिलीटरको दरमा बिक्री भइरहेको छ।

अन्तरराष्ट्रि य बजारमा हप्ताको पाँचौ दिन काँचो तेलको मूल्यमा उतार-चढ़ाउ जारी छ। ब्रेंट क्रुडको मूल्य 86 डलर औ वेस्ट टेक्सस इन्टरमीडिएट (डब्ल्यूटीआई) क्रुडको 83 डलर प्रतिब्यारल लगभग पुगेको छ। प्रारम्भिक कारोबारमा ब्रेंड क्रुडले 0.44 डलर अर्थात 0.52 प्रतिशतको ह्राससितै 84.67 डलर तथा डब्ल्यूटीआई क्रुडले 0.57 डलर अर्थात 0.69 प्रतिशत झरेर 82.55 यूएस डलर प्रतिब्यारलमा कारोबार गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande