वित्तमन्त्री निर्मला सीतारमणले संसदमा पेश गरिन् केन्द्रिय बजेट 2024-25
nirmala sitharaman


नयॉं दिल्ली, 23 जुलाई (हि.स.)। केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले आज प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वधीन राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) सरकारको पहिलो केन्द्रिय बजेट लोकसभाको पटलमा पेश गरिन्। यसका साथै सीतारमणले लगातार सातौं पटक बजेट प्रस्तुत गर्ने कीर्तिमान बनाएकी छन्। यस अघि मोरारजी देसाईको नाममा लगातार 6 पटक बजेट पेश गरेको रेकर्ड छ।

केन्द्रिय बजेट 2024-25 प्रस्तुत गर्नअघि वित्तमन्त्री सीतारमणले राष्ट्रपति द्रौपदी मुर्मूसॅंग भेट गरिन्। स्थापित परम्परा अन्तर्गत वित्तमन्त्री केन्द्रिय बजेट प्रस्तुत गर्नुभन्दा अघि राष्ट्रपति भवन पुगिन् र राष्ट्रपतिसॅंग भेट गरिन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको यो पहिलो बजेट हो। लोकसभा चुनाउका कारण अन्तरिम बजेट एक फरवरी, 2024 मा प्रस्तुत गरिएको थियो। आज प्रस्तुत गरिएको बजेटले 2047 सम्म विकसित भारतको रूपरेखा तयार गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande