आईपी यूनिवर्सिटीको बीएससी-एमएससी डूअल डिग्री प्रोग्रामको अफलाइन काउन्सलिङ 11 सेप्टेम्बरमा
आईपी यूनिवर्सिटीको बीएससी-एमएससी डूअल डिग्री प्रोग्रामको अफलाइन काउन्सलिङ 11 सेप्टेम्बरमा


नयाँ दिल्ली, 07 सेप्टेम्बर (हि.स.)। गुरू गोबिन्द सिंह इन्द्रप्रस्थ यूनिवर्सिटीको बीएससी-एमएससी डूअल डिग्री प्रोग्रामको अफलाइन काउन्सलिङ 11 सेप्टेम्बरमा द्वारका क्याम्पसमा आयोजित गरिनेछ। काउन्सलिङकै दिन दस्तावेज सत्यापनपछि ऱ्याङ्क अनुसार, सीटहरूको आवंटन पनि गरिनेछ।

यस प्रोग्रामको काउन्सलिङमा ती उम्मेदवारहरूले भाग लिनसक्छन्, जसले यस प्रोग्रामसित सम्बद्ध सीयूईटी यूजी 2024 परीक्षा उत्तीर्ण गरेका छन् र अनलाइन आवेदन गरेका छन्।

काउन्सलिङको निम्ति आवेदकले यूनिवर्सिटीको कुलसचिवको पक्षमा निर्गत 1,01,500 रूपियाँको ब्याङ्क ड्राफ्ट, सीईटी एडमिट कार्ड, ऱ्याङ्क कार्ड र चार पासपोर्ट आकारको फोटो ल्याउनु आवश्यक छ। जसले यस प्रोग्रामको काउन्सलिङको निम्ति आवेदन गरेका छन्, उनले यूनिवर्सिटी वेबसाइटमा उपलब्ध गूगल फार्मको माध्यमले 10 सेप्टेम्बरसम्म आवेदन गर्नसक्छन्।

यो चार वर्षीय प्रोग्राम यूनिवर्सिटी स्कूल र बेसिक एण्ड एप्लाइड साइन्सेजमा उपलब्ध छ, जसमा कूल 180 सीट उपलब्ध छन्। फिजिक्स, केमिस्ट्री र मेथमा 60-60 सीटहरू उपलब्ध छन्। यस प्रोग्रामको महत्वलाई रेखांकित गर्दै यूनिवर्सिटी स्कूल अफ बेसिक एण्ड अप्लाइड साइन्सका डीन प्रो. अनिन्दया दत्ताले भनिन्, बुनियादी विज्ञानको आधारमै तकनीकी उन्नति सम्भव छ। यसैले यस क्षेत्रमा सदैव अवसर बनिरहुन स्वाभाविक हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande