भारतको संविधानमा अनुच्छेद 370 को निम्ति अब कुनै ठाउँ छैन- अमित शाह
भारतको संविधानमा अनुच्छेद 370 को निम्ति अब कुनै ठाउँ छैन- अमित शाह


किश्तवाड़, 16 सेप्टेम्बर (हि.स.)। किश्तवाड़मा सोमवार एक सार्वजनिक ऱ्यालीलाई सम्बोधित गर्दै केन्द्रिय गृहमन्त्री अमित शाहले भारतको संविधानमा अनुच्छेद 370 को कुनै ठाउँ छैन भनेका छन्। उनले भने, एनसी र कांग्रेसले यदि उनीहरूको सरकार बने उनीहरूले अनुच्छेद 370 लाई फेरि लागू गर्ने भन्छन्, के अनुच्छेद 370 बहाल हुनुपर्छ ?... पहाड़ी र गुर्जर भाईहरूले जुन आरक्षण पाउछन्, अनुच्छेद 370 बहाल भए उनीहरूले यो आरक्षण पाउनेछैनन्।

गृहमन्त्रीले भने, मैले कश्मीरको माहोल देखिरहेको छु, न त फारूक अब्दुल्ला न त राहुल गान्धीले यहाँ सरकार बनाइरहेका छन्। अनुच्छेद 370 अब इतिहासको हिस्सा बनिसकेको छ। भारतको संविधानमा अनुच्छेद 370 को निम्ति कुनै ठाउँ छैन। कश्मीरमा कहिलेपनि दुई प्रधानमन्त्री, दुई संविधान र दुई झण्डा हुन सक्दैन। त्यहाँ केवल एक झण्डा हुनेछ र त्यो हाम्रो तिरंगा हो।

केन्द्रिय गृहमन्त्री अमित शाहले भने, मैले गुर्जरहरूसित वाचा गरेको थिए, पहाड़ीहरूले आरक्षण पाउनेछन् तर यसबाट गुर्जर प्रभावित हुनेछैनन् र अब मोदी सरकारले गुर्जर आरक्षणलाई नछोई पहाड़ीहरूलाई आरक्षण दिएको छ। अब गुर्जरहरू र पहाड़ीहरूलाई आदिवासी आरक्षण प्राप्त छ, अब तपाईका नानीहरू पनि कलेक्टर र डीएसपी बन्नसक्छन्।

उनले भने, प्रधानमन्त्री मोदीले तीन परिवारको शासनलाई समाप्त गरे औं राज्यमा पंचायती राजको स्थापना गरेका छन्। नानीहरूले छिट्टै नै विधानसभा र लोकसभामा प्रतिनिधित्व गर्नेछन्। प्रधानमन्त्री मोदी एक विकसित जम्मू-कश्मीर बनाउन चाहन्छन् र ओबीसीलाई पनि आरक्षणको अधिकार दिन चाहन्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande