मुम्बईमा भगवान गणेशका 37 हजारभन्दा धेरै मूर्तिहरूको विसर्जन
मुम्बईमा भगवान गणेशका 37 हजारभन्दा धेरै मूर्तिहरूको विसर्जन


मुम्बई, 18 सेप्टेम्बर (हि.स.)। मुम्बईमा गणेश भक्तहरूले हर्ष र उल्लासको साथ अनन्त चतुर्दशीको दिन 37 हजारभन्दा धेरै भगवान गणेशको मूर्तिहरूको विर्सजन गरेका छन्। भक्तहरूले भगवान गणेशलाई आगामी साल फेरि आउने निम्तो पनि दिए। पुणेमा पनि बुधवार हर्ष र उल्लासको साथ गणेश प्रतिमाहरूको विसर्जन गरिॅंदैछ।

मुम्बई नगर निगमका अधिकारीले जानकारी गराएका छन्, मुम्बईमा आज बिहानसम्म विसर्जित गरिएका कूल मूर्तिमहरूमध्ये 31,105 घरेलू र 5,762 सार्वजनिक रूपमा प्रदर्शित मूर्तिहरू थिए। मुम्बईमा गणपति विसर्जनमा कुनैपनि अप्रिय घटना घटेन। मुम्बईको विख्यात लालबागका राजाको विसर्जन बुधवार बिहान 10 बजी पूरा भक्तिभावले गरियो।

पुणेमा अलका चौकमा मंगलवार राति डीजेलाई लिएर विवाद भएको थियो। यसको असर विसर्जनमाथि परेको थियो। यसैगरी पुणेको तिलक स्ट्रीटमा मंगलवार राति 10 बजीदेखि बुधवार बिहान 6 बजीसम्म पुलिसले गणेश विसर्जन जुलूसमा डीजे बन्द गराएको थियो। यसैले बुधवार बिहान 6 बजीदेखि फेरि गणपति विसर्जन शुरू भयो र 116 गणेश मण्डलहरूको विसर्जन भइसकेको छ। विसर्जन जुलूस समाप्त हुनमा अहिले थप दुईदेखि तीन घण्टा लाग्ने सम्भावना छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande