ममता छोरीसॅंग होइन, अपराधीको साथ खड़ा छिन्: भाजपा
ममता छोरीसॅंग होइन, अपराधीको साथ खड़ा छिन्: भाजपा


नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। तृणमूल कांग्रेस नेता एवं विधायक स्वपन देबनाथको बयानमा भारतीय जनता पार्टी (भाजपा) ले हमला गर्दै तृणमूललाई महिला विरोधी बताएको छ।

बिहिवार भाजपा प्रवक्ता शहजाद पूनावालाले भने, प्रदर्शनकारी डाक्टरहरूको मुद्दाहरूलाई सम्बोधित गर्नु र आरजी कर मेडिकल कलेज पीड़िताको निम्ति न्याय सुनिश्चित गर्नुको स्थानमा टीएमसीले डाक्टरहरूको अपमान गर्ने र धम्की दिने कार्य जारी राखेको छ। टीएमसी विधायक स्वपन देबनाथले विरोधको नाममा केही महिलाहरू राति रक्सी किन्न गइरहेकाे आराेप लगाइरहेका छन्।

उनले ट्वीट गरी भनेका छन्, विगतमा उदयन गुहा, अरूप चक्रवर्ती, लवली मैत्रा, कुणाल घोष र अन्यले यस्ता धेरै बयान दिएका छन्, तर कुनै कारबाही भएन किनभने ममता ब्यानर्जी छोरीसॅंग हाेइन अपराधीको साथमा खड़ा छिन्।

उल्लेख्य, यस मुद्दामा व्यापक विरोध प्रदर्शनलाई पश्चिम बंगालका मन्त्री सिद्धिकुल्ला चौधरीले ‘नाटक’ र ‘राजनीतिक कार्यक्रम’ ठहर गर्दै प्रदर्शनकारीहरूले पैसा र भोजन कहाँबाट पाइरहेका छन् भनी प्रश्न गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande