पाकिस्तानका रक्षा मन्त्रीको बयानमा अमित शाहको प्रतिक्रिया- कांग्रेस र पाकिस्तानको मनसाय र एजेन्डा एउटै
पाकिस्तानका रक्षा मन्त्रीको बयानमा अमित शाहको प्रतिक्रिया- कांग्रेस र पाकिस्तानको मनसाय र एजेन्डा एउटै


नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले मंगलवार जम्मू-कश्मीरमा अनुच्छेद 370 र 35ए हटाइएको मुद्दामा पाकिस्तानका रक्षा मन्त्रीको बयानलाई लिएर कांग्रेस पार्टीमाथि हमला गरेका छन्। उनले भने, कांग्रेस यस बयानबाट एक्सपोज भएको छ र यसले पुनः स्पष्ट गरेको छ कि कांग्रेस र पाकिस्तानको मनसाय र एजेन्डा एउटै छ।

उल्लेख्य, एक पाकिस्तानी एंकरसित कुराकानीमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भनेका छन्, 370 को मुद्दामा पाकिस्तान-कांग्रेस र नेशनल कन्फ्रेन्स एउटै पेजमा छन्।

शाहले एक एक्स पोस्टमा भनेका छन्, पाकिस्तानका रक्षा मन्त्रीको अनुच्छेद 370 र 35ए मा कांग्रेस र नेशनल कन्फ्रेन्सको समर्थनको कुराले एकपल्ट फेरि कांग्रेसलाई एक्सपोज गरेको छ। पछिल्ला केही वर्षदेखि राहुल गान्धी देशवासीहरूको भावनाहरूलाई आहत गर्दै भारत विरोधी शक्तिहरूका साथ खड़ा रहेका छन्। एयर स्ट्राइक र सर्जिकल स्ट्राइकको साक्ष्य माग्नु होस्, या फेरि भारतीय सेनाबारे आपत्तिजनक कुरा गर्नु, राहल गान्धीको कांग्रेस पार्टी र पाकिस्तानको स्वर सदैव एउटै रहेको छ र कांग्रेसको हात सदैव देशविरोधी शक्तिहरूको साथमा रहेको छ। कांग्रेस पार्टी र पाकिस्तानले केन्द्रमा मोदी सरकार छ भन्ने भूलेकाे छ, कश्मीरमा न त अनुच्छेद 370 फर्किनेछ न त आतङ्कवाद।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande