राष्ट्रपति मुर्मूले उज्जैनमा हेरिन् स्वच्छता नै सेवा अभियानको प्रदर्शनी अवलाेकन
राष्ट्रपति मुर्मूले उज्जैनमा हेरिन् स्वच्छता नै सेवा अभियानको प्रदर्शनी अवलाेकन


भोपाल, 19 सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले मप्रको दुई दिवसीय प्रवासको दोस्रो दिन बिहिवार उज्जैनको ग्राम ढेन्डियामा रूद्राक्ष होटलमा स्वच्छता नै सेवा-2024 अभियान अन्तर्गत लगाइएको प्रदर्शनीको अवलोकन गरिन्।

राष्ट्रपति मुर्मूले अनुपयोगी लुगाहरूबाट नवजात नानीहरूका लागि बनाइएका दुलार किट, नरियलको अपशिष्ट र गोबरबाट बनेको उत्पाद, सुखा फोहोरको सही निष्पादन गरी बनाइएको बहुपयोगी उत्पाद र श्रीमहाकालेश्वर मन्दिरमा अर्पित गरिएका फूलहरू र निर्माल्यबाट बनेको उत्पाद, अगरबत्ती एवं अन्य उत्पाद बनाउने मशीन, निर्माल्य प्र-संस्करण, सफाई मित्रहरूको निम्ति सुरक्षा उपकरण एवं संसाधन र शून्य अपशिष्ट आयोजनको स्टलको अवलोकन गरिन्।

राष्ट्रपतिले प्रदर्शनी स्थलमा उपस्थित सफाईकर्मी पूनम सारवान, दीपक थनवार, विधि संगत, राधा धावरे र ज्योति टाङ्कसित संवाद गरिन्। राष्ट्रपतिले भगवान महाकालेश्वरलाई अर्पित गरिएका फूलहरूबाट अगरबत्ती बनाउने मशीनको अवलोकन गरिन्। स्टलमा बसेका शकुन्तला मालवीय, शान्तिबाई चौधरी र कविता परमारले उनलाई भगवानलाई चढ़ाइएको फूलहरूको री-साइकल गरी अगरबत्ती निर्माण गर्नुबारे जानकारी दिए। राष्ट्रपतिले यसको प्रशंसा गरिन्। उनलाई अन्य प्रमुख मन्दिरहरूमा पनि छिट्टै नै यो व्यवस्था शुरू गरिने बताइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande