कांग्रेसको हरियाणाको निम्ति घोषणा पत्र, महिलाहरूलाई दुई हजार, सरकारी कर्मीहरूलाई पुरानो पेन्शन
कांग्रेसको हरियाणाको निम्ति घोषणा पत्र, महिलाहरूलाई दुई हजार, सरकारी कर्मीहरूलाई पुरानो पेन्शन


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। कांग्रेस पार्टीले बुधवार हरियाणाको निम्ति पार्टीको घोषणा पत्र जारी गऱ्यो, जसमा जनतासॅंग सातवटा वाचा गरिएको छ। पार्टीले महिलाहरूलाई प्रतिमाह 2 हजार रूपियाँ दिने र 500 रूपियाँको एलपीजी सिलेन्डर दिने वाचा गरेकाे छ।

कांग्रेस मुख्यालयमा पार्टी अध्यक्ष मल्लिकार्जुन खरगेको उपस्थितिमा आज हरियाणाको निम्ति पार्टीको घोषणा पत्र जारी गरियो। यसमा कांग्रेसले वाचा गरेको छ कि चुनाउ जितेपछि पार्टीले महिलाहरूलाई हरेक महिना 2 हजार रूपियाँ दिनेछ र 500 रूपियाँमा एलपीजी सिलेन्डर दिइनेछ। सामाजिक सुरक्षामाथि बल दिँदै वृद्ध, दिव्याङ्ग र विधवाहरूलाई 6 हजार रूपियाँको पेन्शन दिने घोषणा गरियो। सरकारी नौकरीहरूमा पुरानो पेन्शन योजना लागू गरिनेछ। युवाहरूलाई सुरक्षित भविष्य दिनको निम्ति भर्ती विधान अन्तर्गत 2 लाख पक्का नौकरी दिइनेछ। हरियाणालाई नशा मुक्त बनाइनेछ।

हरेक परिवारलाई 300 यूनिट बिजुली फ्री र 25 लाखसम्मको निःशुल्क उपचार उपलब्ध गराइनेछ। गरीबहरूका लागि 100 गजको प्लट, 3.5 लाखको लागतले दुई कमराको घर दिइनेछ। किसानहरूको समृद्धिको निम्ति एमएसपीको कानूनी गारन्टी र तत्काल फसल क्षतिपूर्ति दिइनेछ। पछौटेहरूलाई अधिकार दिलाउन जातिगत सर्वे गराइनेछ। क्रीमी लेयरको सीमालाई बढ़ाएर 10 लाख गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande