दिव्यांगहरूका लागि सिनेमा हेर्नु सलभ, ई-सिनेप्रमाण मोड्यूल शुरू
दिव्यांगहरूका लागि सिनेमा हेर्नु सलभ, ई-सिनेप्रमाण मोड्यूल शुरू


नयाँ दिल्ली, 16 सेप्टेम्बर (हि.स.)। सूचना एवं प्रसारण मन्त्रालयले दिव्यांग व्यक्तिहरूका लागि सिनेमा हेर्न अधिक समावेशी र सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम उठाएको छ। अब श्रवण बाधित र दृष्टिबाधित मानिसहरूका लागि फिल्म थिएटरहरूमा प्रदर्शित हुने फिल्महरूको सबटाइटल दिनुपर्नेछ। यस दिशामा कदम उठाउँदै ई-सिनेप्रमाण मोड्यूल जारी गरेको छ। आवेदकले अब दिशा-निर्देशहरूमा निर्दिष्ट अनुसार श्रवण र दृष्टिबाधित मानिसहरूका लागि आवश्यक एक्सेसिबिलिटी सुविधाहरूको साथ आफ्नो फिल्महरू लागू एवं जमा गर्नसक्छन्।

सूचना एवं प्रसारण मन्त्रालयले यी दिशा-निर्देशहरूको कार्यान्वयनको निम्ति प्रभावी मिति 15 सेप्टेम्बर 2024 निर्धारित गरेको थियो। यो दिशा-निर्देश व्यावसायिक उद्देश्यहरूका लागि सिनेमा हल, मूवी थिएटरहरूमा सार्वजनिक प्रदर्शनको निम्ति केन्द्रिय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी) द्वारा प्रमाणित ती फीचर फिल्महरूमाथि लागू हुन्छ, जसलाई एकभन्दा धेरै भाषाहरूमा प्रमाणित गरिनुछ। उनीहरूले श्रवण बाधित र दृष्टिबाधित प्रत्येकको निम्ति कम्तीमा एक पहुँच सुविधा प्रदान गर्नु आवश्यक हुनेछ अर्थात् बन्द क्याप्शनिङ, ओपन क्याप्शनिङ र अडियो विवरण दिनुपर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande