भारतले विश्वलाई लाइफ स्टाइल फर एनवायरमेन्टको विजन दियो- मोदी
भारतले विश्वलाई लाइफ स्टाइल फर एनवायरमेन्टको विजन दियो- मोदी


गान्धीनगर, 16 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ग्रीन हाइड्रोजनको क्षेत्रमा ग्लोबल लीडर बन्ने प्रय़ास गरिरहेको छ, यसको निम्ति भारतले 20 हजार करोड़ रूपियाँको ग्रीन हाइड्रोजन मिशन लाञ्च गरेकाे बताएका छन्। प्रधानमन्त्रीले भने, देशमा वेस्ट टू एनर्जीको धेरै ठूलो अभियान चलिरहेको छ। क्रिटिकल मिनरलसित जोड़िएका चुनौतीहरूका लागि पहिचानको निम्ति सर्कुलर एप्रोचलाई प्रमोट गरिन्दैछ। रियूज र रिसाइकिलसित सम्बन्धित धेरै राम्रो तकनीकको निम्ति स्टार्टअपलाई सपोर्ट गरिन्दैछ। प्रो प्लानेट पिपुलको सिद्धान्त हाम्रो कमिटमेन्ट हो। भारतले विश्वलाई मिशन लाइफ अर्थात् लाइफ स्टाइल फर एनवायरमेन्टको विजन दिएको छ।

प्रधानमन्त्री मोदी सोमवार गान्धीनगरको महात्मा मन्दिरमा चौथो ग्लोबल री-इन्वेस्ट रिन्युएबल एनर्जी इनवेस्टर्स समिटको उद्घाटन गरेपछि सम्बोधित गरिरहेका थिए। प्रधानमन्त्री मोदीले भने, भारतले इन्टरनेशनल सोलर एलायन्सको प्रयास गरी विश्वका सैकड़ौं देशहरूलाई जोड़ेको छ। भारतले आफ्नो रेलवेलाई पनि यस दशकको अन्तसम्म नेट जीरो बनाउने लक्ष्य राखेको छ। वर्ष 2025 सम्म पेट्रोलमा 20 प्रतिशत इथेनोलको लक्ष्यलाई हासिल गर्नेछौं। गाउँ-गाउँमा अमृत सरोवरबाट जल संरक्षण भइऱहेको छ। आमाको नाममा मानिसहरूले रूख रोपिरहेका छन्। भारतको प्रयास पूर्ण रूपमा मेड इन इण्डिया सल्युशनको रूपमा छ।

उनले भने, भारतका जनताले 60 वर्षपछि लगातार कुनै सरकारलाई तेस्रो टर्म दिएको छ। आज 140 करोड़ भारतवासीलाई विश्वास छ, युवाहरूलाई विश्वास छ, महिलाहरूलाई विश्वास छ कि उनीहरूको आशाहरूले गत 10 वर्षमा जुन किरन पाएको छ, त्यो यस थर्ड टर्ममा पूरा हुनेछ। देशका गरीब, दलित, पीड़ित, शोषित र वञ्चितलाई भरोसा छ कि हाम्रो थर्ड टर्म उनीहरूको गरीमापूर्ण जीवन जिउने गारन्टी बन्नेछ। भारतीय जनता देशलाई तीव्र गतिमा टप थ्री इकोनोमीमा पुग्ने संकल्प लिएर काम गरिरहेका छन्। यो 2047 सम्म भारतलाई विकसित ऱाष्ट्र बनाउने हाम्रो एक्शन प्लानको हिस्सा हो।

उनले भनेका छन्, हामीले यो काम कसरी गरिरहेका छौं, यसको ट्रेलर थर्ड टर्मको हाम्रो पहिलो 100 दिनको फसेलामा देखिन्छ। धेरै महत्वपूर्ण फसेला गरियो। देशमा 7 करोड़ घर बनिरहेको छ। यो विश्वका धेरै देशहरूको जनसंख्यापनि भन्दा धेरै छ। सरकारले आफ्नो दुई टर्ममा 4 करोड़ घर बनाएको छ। तेस्रो टर्ममा 3 करोड़ नयाँ घर बनाउने काम पनि शुरू गरेको छ। गत सय दिनमा भारतमा 12 नयाँ नए इन्डस्ट्रीयल सिटी बनाउने फसेला लिइयो, आठ हाई स्पीड रोड कोरिडोरलाई स्वीकृति दिइयो। 15 भन्दा धेरै नयाँ मेड इन इण्डिया सेमी हाईस्पीड वन्दे भारत ट्रेन लाञ्च गरिएको छ। आज पूरा विश्वलाई भारत 21 शताब्दीको बेस्ट बेट हो भन्ने लाग्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande