इतिहासको पानामा 08 सेप्टेम्बरः घर-घर ज्ञानको ज्योति जलाउने वैश्विक अभियान
इतिहासको पानामा 08 सेप्टेम्बरः घर-घर ज्ञानको ज्योति जलाउने वैश्विक अभियान


नयाँ दिल्ली, 07 सेप्टेम्बर (हि.स.)। वैश्विक स्तरमा हरेक साल 08 सेप्टेम्बरमा अन्तरराष्ट्रिय साक्षरता दिवस मनाइन्छ। 07 नोभेम्बर 1965 मा युनेस्कोले साक्षरता दर बढ़ाउनका लागि विश्वभरिमा अन्तरराष्ट्रिय साक्षरता दिवस मनाउने निर्णय लियाे। साल 08 सेप्टेम्बर, 1966 मा पहिलोपल्ट विश्व साक्षरता दिवस पालन गरियो। प्रतिवर्ष विश्व साक्षरता दिवसको विशेष थीम राखिन्छ।

यस दिवसको माध्यमले शिक्षाको प्रचार-प्रसारका साथ मानिसहरूलाई यसको निम्ति जागरूक गरिन्छ। साक्षरताले मानिसहरूलाई केवल राम्रो जीवन जिउनमा मद्दत गर्दैन तर गरीबी मेटाउन, जनसंख्या नियन्त्रित गर्न, बाल मृत्यु दर कम गर्ने आदि मामिलाहरूमा पनि मद्दत गर्दछ। मानिसहरू साक्षर बन्ने र सामाजिक र मानव विकासको आफ्नो अधिकारहरू जान्ने आवश्यकताबारे जागरूक गर्नको निम्ति यो दिन मनाइन्छ।

भारतको साक्षरता दरको कुरा गर्दा साल 2011 मा भारतको कूल साक्षरता दर 74.4 प्रतिशत थियो। 1947 मा देशको साक्षरता केवल 18 प्रतिशत थियो। देशमा सबैभन्दा अधिक साक्षरता भएको राज्य केरल हो जहाँ 94 प्रतिशत जनसंख्य साक्षर छ।

अन्य अहम घटनाहरूः

1271-जन XXI को पोपको रूपमा चयन।

1320-गाजी मलिक दिल्लीको सुल्तान बन्यो।

1331-स्टीफन उरोस चतुर्थले आफूलाई सर्बियाको राजा घोषित गरे।

1449-टुमू किल्लाको युद्ध-मंगोलियाले चीनका सम्राटलाई बन्धक बनायो।

1553-इङ्गल्याण्डमा लिचफिल्ड शहरको निर्माण।

1563-मेक्सीमिलियनलाई हंगरीको राजा चुनियो।

1689-चीन र रूसले नेरट्सजिंस्क (निरचुल) को सन्धिमा हस्ताक्षर गऱ्यो।

1900-टेक्सासको गेलवेस्टोनमा चक्रवाती र ज्वारीय तूफानले 6000 जनाको मृत्यु।

1952-जेनेवामा कपीराइटको निम्ति पहिलो विश्व सम्मेलनमा भारत समेत 35 देशले हस्ताक्षर गऱ्यो।

1962-चीनले भारतको पूर्वी सीमामा घुसपैठ गऱ्यो।

1991-मैसिडोनिया गणराज्य स्वतन्त्र भयो।

1997-अमेरिकी ओपन टेनिस च्य़ाम्पियनशिपमा पेट्रिक राफ़्टरलाई प्रथम ग्राण्ड स्लाम खिताब हासिल भयो।

2000-भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीले संयुक्त राष्ट्र शान्ति शिखर सम्मेलनमा हिन्दीमा भाषण दिँदै पाकिस्तानको आलोचना गरे।

2002-नेपालमा माओवादीहरूले 119 पुलिस कर्मीहरूलाई मारे।

2003-इजराइलका प्रधानमन्त्री एरियल शैरोन चार दिवसीय भारत यात्रामा नयाँ दिल्ली पुगे।

2006-महाराष्ट्रको नासिक जिल्लामा मालेगाउ बम धमाका।

2009-भारतले विमान वाहक पोत एडमिरल गोर्शकोवलाई नयाँ कल-पुर्ज लगाएर तयार गर्नका लागि रूसलाई 10 करोड़ 20 लाख डलर दियो।

जन्म

1899-रमन विश्वनाथन- विख्यात भारतीय चिकित्सा विज्ञानी।

1908-रूप सिंह-भारतका प्रसिद्ध हकी खिलाड़ी थिए।

1910-राधाकृष्ण-हिन्दीका यशस्वी कथाकार।

1926-भूपेन हज़ारिका-भारतका यस्ता विलक्षण कलाकार, जसले आफ्नो गीत आफै लेख्थे, संगीतबद्ध गरी गाउँथे।

1933-आशा भोन्सले-सुप्रसिद्ध पार्श्व गायिका हुन्।

1936-इन्दु जैन-'टाइम्स अफ इण्डिया मीडिया समूह' की चेयरपर्सन थिइन्।

1948-सतीश कौल-हिन्दी र पञ्जाबी फिल्महरूका ख्याति प्राप्त अभिनेता थिए।

1952-गिरिराज सिंह-भाजपाका वरिष्ठ नेता एवं केन्द्रिय मन्त्री।

निधन

2022-महारानी एलिज़ाबेथ द्वितीय- यूनाइटेड किङडमकी महारानी थिइन्।

2019-राम जेठमलानी-प्रसिद्ध वकील एउं राजनीतिज्ञ थिए।

1982-शेख़ मोहम्मद अब्दुल्ला- जम्मू-कश्मीरका मुख्यमन्त्री रहे।

1960-फ़िरोज़ गान्धी- स्वतन्त्रता सेनानी एवं लोकसभाका प्रभावशाली सदस्य।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande