अबू धाबीका क्राउन प्रिन्स 9-10 सेप्टेम्बरमा भारत यात्रामा आउने
अबू धाबीका क्राउन प्रिन्स 9-10 सेप्टेम्बरमा भारत यात्रामा आउने


नयाँ दिल्ली, 07 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा अबू धाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयान 9-10 सेप्टेम्बरमा भारतको आधिकारिक यात्रामा आउनेछन्। अबू धाबीका क्राउन प्रिन्सको रूपमा उनको यो पहिलो भारत यात्रा हो। उनको साथमा यूएई सरकारका धेरै मन्त्री र एक व्यापारिक प्रतिनिधिमण्डल पनि आउनेछ।

विदेश मन्त्रालयले शनिवार एक बयान जारी गरी भनेकाे छ, 09 सेप्टेम्बरमा अबू धाबीका क्राउन प्रिन्सले प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट्नेछन् र द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रहरूमाथि चर्चा गर्नेछन्। उनकाे राष्ट्रपति द्रौपदी मुर्मूसित पनि भेट्ने कार्यक्रम छ। उनी महात्मा गान्धीलाई श्रद्धाञ्जलि दिन राजघाट पनि जानेछन्। 10 सेप्टेम्बरमा क्राउन प्रिन्स एक बिजनेस फोरममा भाग लिन मुम्बई जानेछन्, जसमा दुवै देशका व्यापारिक नेताले भाग लिनेछन्।

बयानमा भनिएको छ, भारत र यूएईबीच ऐतिहासिक रूपमा घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध छ। हालका वर्षमा भारत र यूएईबीच व्यापक रणनीतिक साझेदारी राजनीतिक, व्यापार, निवेश, कनेक्टिविटी, उर्जा, प्रौद्योगिकी, शिक्षा र संस्कृति सहित धेरै क्षेत्रहरूमा गहिरो भएको छ। क्राउन प्रिन्सको यात्रा भारत-यूएई द्विपक्षीय सम्बन्धहरूलाई अझ् बलियो बनाउनेछ। साथै नयाँ र उदियमान क्षेत्रहरूमा साझेदारीको निम्ति बाटो खोल्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande