‘एक्ट ईस्ट’ नीतिलाई प्रोत्साहन दिनेछ आईआईएमसी आइजोलको सामुदायिक रेडियोले- अश्विनी वैष्णव
‘एक्ट ईस्ट’ नीतिलाई प्रोत्साहन दिनेछ आईआईएमसी आइजोलको सामुदायिक रेडियोले- अश्विनी वैष्णव


नयाँ दिल्ली, 25 जुलाई (हि.स.)। भारतीय जन संचार (आईआईएमसी) को आइजोल परिसरमा स्थित भारतको 500औं सामुदायिक रेडियो स्टेशन ‘अपना रेडियो 90.0 एफएम’ को उद्घाटन बिहिवार केन्द्रिय सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले गरे। अनलाइन माध्यमले आयोजित यस कार्य़क्रममा मिजोरमका मुख्यमन्त्री लालदुहोमा, केन्द्रिय सूचना एवं प्रसारण तथा संसदीय कार्य राज्यमन्त्री डा. एल ममुरूगन, सूचना एवं प्रसारण मन्त्रालयका सचिव संजय जाज, अपर सचिव नीरजा शेखर एवं भारतीय जन संचार संस्थानकी कुलपति डा. अनुपमा भटनागर पनि उपस्थित रहिन्।

केन्द्रिय सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले समारोहलाई सम्बोधित गर्दै भने, भारतको 500औं सामुदायिक रेडियो स्टेशन ‘अपना रेडियो 90.0 एफएम’ ले आइजोलवासीहरूको जीवनमा परिवर्तन ल्याउने र छात्र, स्थानीय समुदाय र किसानहरूको जीवनमा सुधार ल्याउनमा मुख्य भूमिका निभाउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्ट ईस्ट’ को नीति अपनाएका छन् औ यस दिशामा ‘अपना रेडियो 90.0 एफएम’ माइलखुट्टी प्रमाणित हुनेछ।

केन्द्रिय मन्त्री वैष्णव अनुसार, हाम्रो लक्ष्य उत्तर पूर्व क्षेत्रमा रेलवेको पहुँच र वैचारिक नीतिहरूलाई लागू गरेर यस क्षेत्रलाई अधिक समृद्ध बनाउनु हो र हामी सबैले मिलेर यसको निम्ति सबैभन्दा राम्रो ईको सिस्टम तयार पार्नुपर्नेछ। शुभारम्भ समारोहमा केन्द्रिय सूचना एवं प्रसारण मन्त्रीद्वारा 10औं राष्ट्रिय सामुदायिक रेडियो पुरस्कारहरूको पनि घोषणा गरियो। वर्ष 2014 मा जहाँ पूरा देशमा सामुदायिक रेडियो स्टेशनहरूको संख्या 140 थियो भने गत 10 वर्षमा यो संख्या बढ़ेर अब 500 सम्म पुगेको छ।

यस अवसरमा उपस्थित मिजोरमका मुख्यमन्त्री लालदुहोमाले भने, आइजोलमा शुरू भइरहेको 500औं सामुदायिक रेडियो स्टेशनलाई लिएर हामी उत्साहित छौं। यो एक महत्वपूर्ण संख्या हो। सामुदायिक रेडियो स्टेशन स्थानीय संस्कृति र स्थानीय मानिसहरूका लागि महत्वपूर्ण हो। यो सामुदायिक रेडियो स्टेशन किसानहरूलाई सरकारी योजनाहरू तथा कृषिसित सम्बन्धित महत्वपूर्ण जानकारीहरू प्रदान गर्नमा सफल हुनेछ। यसबाट अन्तिम व्यक्तिसम्म पुग्ने र हाम्रो समुदायलाई सशक्त बनाउने हाम्रो प्रतिबद्धता अझ् बलियो हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande