ब्रिटेनका विदेशमन्त्री लेमीले नयॉं दिल्लीमा प्रधानमन्त्री मोदीसॅंग भेट गरे
pm modi-david


दिल्ली, 25 जुलाई (हि.स.)। ब्रिटेनका विदेशमन्त्री डेविड लेमीले आफ्नो दुई दिवसीय भारत भ्रमणको प्रथम दिन नयॉं दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग भेट गरे। प्रधानमन्त्री मोदीले एक्समा आफ्नो पोस्टमा ब्रिटेनका विदेशमन्त्री डेविड लेमीसॅंग भेटेर खुशी महसुस भएको बताएका छन्। उनले व्यापक रणनीतिक साझेदारीलाई प्रगाढ़ बनाउन प्रधानमन्त्री केआर स्टर्मरको प्राथमिकताको सराहना गरेका छन्।

प्रधानमन्त्रीले भनेका छन्, 'हामी सम्बन्धलाई प्रगाढ़ बनाउन प्रतिबद्ध छौ। द्विपक्षीय प्रौद्योगिक सुरक्षा पहल र पारस्परिक रूपमा लाभकारी एफटीए सम्झौता गर्ने इच्छाको स्वागत गर्दछौ।' लेमीले भने, 'भारत 21औं शताब्दीको उदाउॅंदो महाशक्ति हो। 1.4 अरब मानिसहरूको साथमा भारत विश्वकै सबैभन्दा ठूलो देश हो र विश्वमा सबैभन्दा द्रुत गतिमा बढ्दो अर्थव्यवस्थाहरू मध्ये एक हो।'

लेमीले आफ्नो भारतीय समकक्ष विदेशमन्त्री एस जयशंकरसॅंग पनि भेट गरे। जयशंकरले एक्स पोस्टमा लेमीसॅंग आफ्नो कुराकानीलाई सार्थक र आकर्षक बताएका छन्। लेमीले विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसॅंग द्विपक्षीय बैठक गरे। यस अवधि ब्रिटेन-भारत प्रौद्योगिकी सुरक्षा पहल (टीएसआई) को शुभारम्भ गरियो। यस बारेमा विस्तृत विवरण नयॉं दिल्लीस्थित ब्रिटिश उच्चायोगले हिजो राति जारी विज्ञप्तिमा दिएको छ।

विज्ञप्तिमा भनिएको छ, विदेशमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीसॅंग भेट गरे अनि ऐतिहासिक प्रौद्योगिकी सुरक्षा पहलको शुरुवात गरे। उल्लेखनीय छ, भारत र ब्रिटेनले महत्वपूर्ण खनिज, स्वच्छ उर्जा, दूरसञ्चार, सेमीकण्डक्टर र नवीन प्रौद्योगिकी जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा सहयोगको निम्ति नयॉं दृष्टिकोण निर्धारित गर्दै हिजो व्यापक प्रौद्योगिकी सुरक्षा पहललाई अन्तिम रूप दिएको छ। यसको व्यापक उद्देश्य दुवै देशको रणनीतिक साझेदारीलाई नयॉं गन्तव्यसम्म लैजानु हो।

ब्रिटेनका विदेशमन्त्रीको भारत यात्रा आज समाप्त हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande