दार्जीलिङको बतासेमा अवस्थित युद्ध स्मारकमा कारगिल विजय दिवस पालन
Batasia-loop


Kargil-bijay-Batasia


दार्जीलिङ, 26 जुलाई (हि.स.)। दार्जीलिङको बतासेमा अवस्थित युद्ध स्मारकमा कारगिल विजय दिवस पालन गरिएको छ। उक्त कार्यक्रममा भूतपूर्व सैनिक र शहीद परिवारका सदस्यहरूलाई सम्मानित गरियो। कार्यक्रममा अनरेरी क्याप्टन एवं ओलम्पिक मेडल विजेता जितु राई पनि उपस्थित रहेका थिए।

कार्यक्रममा क्याप्टन तरुणकुमार सिन्हा र दार्जीलिङ जिल्ला सैनिक बोर्डका सचिवले भने, हामी सधैं पूर्व सैनिकहरूको हितमा काम गरिरहेका छौं। हामीसँग बतासेमा युद्ध स्मारक छ, तर युद्ध संग्रहालय हुनु धेरै महत्त्वपूर्ण छ। घूम नजिकै गोर्खा युद्ध संग्रहालय बनाएको, तर सञ्चालनमा छैन। संग्रहालयका लागि ठाउॅं खोज्ने कार्य गरिएको छ। प्रशासनको सहयोगमा संग्रहालय निर्माण गर्न सक्छौं।

अनरेरी क्याप्टन तथा ओलम्पियन शूटर जितु राईले भने, यहाँ सुटिङ रेञ्ज बनाउने योजना छ, जुन युवा प्रतिभाहरूको लागि राम्रो हुनेछ। सुटिङ रेञ्जको सेटअपका लागि म आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहनेछु। उनले छिट्टै सुटिङ रेञ्ज निर्माण हुने आशा व्यक्त गरे।

उनले अझ भने, 1999 मा गोर्खाहरूले राष्ट्रको सुरक्षाको लागि धेरै राम्रो लडे र आफ्नो जीवनको बलिदान पनि दिए। उहाँहरूलाई सम्मान गर्न आज हामी यहाँ छौं।

हिन्दुस्थान समाचार / हनोक / बिशाल


 rajesh pande