भारतको निम्ति आसियानको साथ राजनीतिक, आर्थिक र सुरक्षा सहयोग सर्वोच्च प्राथमिकताः विदेश मन्त्री
भारतको निम्ति आसियानको साथ राजनीतिक, आर्थिक र सुरक्षा सहयोग सर्वोच्च प्राथमिकताः विदेश मन्त्री


नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। विदेश मन्त्री डा. एस जयशंकले शुक्रवार लाओसमा आसियान (दक्षिण पूर्व एशियाई देशहरूको संघ) भारतको एक्ट ईस्ट पोलिसी र त्यसपछि बनेको इन्डो-पेसिफिक विजनको आधारशिला हो भनेका छन्। उनी अनुसार, हाम्रो निम्ति आसियानको साथ राजनीतिक, आर्थिक र सुरक्षा सहयोग सर्वोच्च प्राथमिकता हो।

विदेश मन्त्रीले आज वियनतियाने, लाओसमा आसियान-भारत विदेश मन्त्रीहरूको बैठकमा भाग लिए। उनी 10 देशको आसियान समूहको बैठकमा भाग लिन यहाँ आएका छन्। आफ्नो शुरूआती वक्तव्यमा उनले भने, भारतले आसियान र ईएएस मंचहरूलाई कतिको प्राथमिकता दिन्छ, यो गत साल हाम्रो आफ्नो जी20 शिखर सम्मलेनको पूर्व सन्ध्यामा प्रधानमन्त्री मोदीको जकार्ता यात्राबाट स्पष्ट छ। उनले 12-सूत्री योजनाको घोषणा गरेका थिए, जसमाथि धेरै स्तरसम्म काम गरिएको छ।

विदेश मन्त्रीले एक्समा बताए, आज बिहान वियनतियाने, लाओसमा आसियान-भारत विदेश मन्त्रीहरूको सार्थक बैठकमा भाग लिए। डिजिटल, रक्षा, समुद्री, कनेक्टिविटी, सुरक्षा, स्वास्थ्य र पारम्परिक चिकित्सा र सांस्कृतिक विरासत संरक्षण भारत-आसियान सहयोगको निम्ति प्राथमिकता भएको क्षेत्र बनेको छ। साथै म्यान्मारको स्थिति, संचारको समुद्री लाइनहरूलाई खुल्ला र मुक्त राख्ने, आसियान र एओआईपीमा क्वाडको दृष्टिकोण र गाजामा संघर्षबारे पनि कुरा गरे। भारत आसियानको साथ व्यापक रणनीतिक साझेदारीलाई लागू गर्नमा भएको प्रगति र क्षेत्रको निम्ति हाम्रो दृष्टिकोणमा बढ्दो तालमेललाई महत्व दिँदछ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande