बसलाई हाइज्याक गर्ने प्रयास, चारजना आरोपी पुलिसको कब्जामा
बसलाई हाइज्याक गर्ने प्रयास, चारजना आरोपी पुलिसको कब्जामा


जालौन, 27 जुलाई (हि.स.)। जिल्लाको उरई कोतवाली क्षेत्रमा गए राती नशामा चुर चारजना यात्रीहरूले स्लीपर बसलाई हाइज्याक गर्ने प्रयास गरे। यात्रीहरू चिच्याएको सुनेर पुलिसले उक्त बसलाई पछ्यायो अनि हाइज्याक गर्ने चारजनालाई पक्राउ गर्न सफल भयो। पुलिसले चारैजनालाई जाँचबुझको लागि कोतवालीमा ल्यायो।

उरई कोतवाली क्षेत्रको कालपी बस स्ट्याण्डमा गए शुक्रवार राती एउटा स्लीपर बस कानपुरदेखि अहमदाबाद तर्फ गइरहेको थियो। कालपी स्ट्याण्ड नजिक बस कन्डक्टरले यात्रीहरूलाई बस्ने-उतार्ने व्यवस्था गरिरहेका थिए। यसै अवधि बसमा यात्री भएर बसेका नशामा चुर चारजना युवकहरूले बसका कन्डक्टर र चालकमाथि कुटपिट गर्न थाले। त्यसपछि चालकलाई सीटबाट हटाएर उपद्रवीहरूले आफैले बस हाँक्न थाल्यो। बसलाई तीव्र गतिमा हाँकिरहेको थियो। घटना घट्न लागेको महसूस भएपछि बस यात्रुहरू चिच्याउन थाले। यात्रीहरूको चित्कार सुनेर बसलाई पछिबाट पछ्याइरहेको पुलिसको जीपले बसलाई जिल्ला अस्पताल नजिक पुगेपछि रोक्न सफल भयो। त्यसपछि पुलिसले बसभित्र लुकेर बसेका चारैजना आरोपीहरूलाई समात्यो।

उरई कोतवाली निरीक्षक अजय ब्रह्म तिवारीले बताए, चारैजना युवकहरू नशामा चुर भएका थिए। यिनीहरूले बस कन्डक्टर र चालकमाथि कुटपिट पनि गरे।हाल चारैजनालाई हिरासतमा लििएको छ। सिकायत प्राप्त भए यिनीहरूविरूद्ध कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande