बंगालमा थामिने छैन वर्षा, गर्मी पनि कायम
बंगालमा थामिने छैन वर्षा, गर्मी पनि कायम


कोलकाता, 27 जुलाई (हि.स.)। आज महानगर कोलकाताको मौसमको पूर्वानुमान अनुसार आकाशमा सामान्यतः बादल मड़ारिरहनको साथै एक-दुई पटक वर्षा वा मेघ गर्जनसितै वर्षा हुनेछ। अधिकतम तापमान 31 डिग्री सेल्सियस र न्यूनतम तापमान 27 डिग्री सेल्सियस रहने सम्भावना छ।

बितेको 24 घण्टामा कोलकाताको अधिकतम तापमान 32.2 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 0.4 डिग्री कम हो भने न्यूनतम तापमान 28.0 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 1.3 डिग्री अधिक हो। अधिकतम आद्रता 92 प्रतिशत र न्यूनतम आद्रता 73 प्रतिशत रह्यो। गए 26 जुलाई, 2024 -को बिहान 6:30 बजेदेखि 27 जुलाई, 2024 -को सुबह 6:30 बजेसम्म कोलकातामा 0.7 मिमी वर्षा दर्ता गरियो।

अन्य जिल्लाहरू क्रमैले हुगलीमा बादल मड़ारिरहनेछ भने कतिपय स्थानमा सामान्य वर्षा पनि हुनसक्छ। यहाँको तापमान 33 डिग्री सेल्सियस औ न्यूनतम तापमान 26 डिग्री सेल्सियस रहने आशा छ। हावड़ामा पनि मौसम सामान्यत: बादलयुक्त रहनेछ साथै सामान्य वर्षा पनि हुनसक्छ। यहाँ अधिकतम तापमान 32 डिग्री सेल्सियस र न्यूनतम तापमान 27 डिग्री सेल्सियस रहने अनुमान छ। नदियामा पनि बादल छाइरहनको साथै एक-दुई पटक वर्षा हुनसक्छ।

अधिकतम तापमान 31 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 26 डिग्री सेल्सियस रहनेछ। दक्षिण 24 परगनाको मौसम बादलयुक्त रहनेछ भने सामान्य वर्षा हुनसक्छ। अधिकतम तापमान 32 डिग्री सेल्सियस एवं न्यूनतम तापमान 27 डिग्री सेल्सियस रहनसक्छ। पूर्वी मेदिनीपुरको आकाशमा बादल छाउनेछ र वर्षा पनि हुनसक्छ। अधिकतम तापमान 31 डिग्री सेल्सियस औ न्यूनतम तापमान 26 डिग्री सेल्सियस रहनेछ। बंगालका सबै जिल्लाहरूमा सामान्यतः बादलयुक्त मौसम रहने सम्भावना सहित अधिकांश स्थानहरूमा सामान्य वर्षा हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande