अमृतसरको भारत-पाकिस्तान सीमाबाट पाकिस्तान नागरिक पक्राउ
अमृतसरको भारत-पाकिस्तान सीमाबाट पाकिस्तान नागरिक पक्राउ


चण्डीगढ़, 27 जुलाई (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ) ले राति पेट्रोलिङको क्रममा भारत-पाकिस्तान सीमाबाट पाकिस्तानका एक नागरिकलाई पक्राउ गरेको छ। बीएसएफ अनुसार, अमृतसर जिल्लाको रतन खुर्द गाउॅं छेउ जवानहरूले पेट्रोलिङ गरिरहेका थिए। यस अवधि एक पाकिस्तान नागरिक सीमा पारीबाट भारतीय भूमिमा प्रवेश गरे। जवानहरूले घेरेर उसलाई पक्राउ गऱ्यो।

पक्रा पर्ने नागरिकले आफु पाकिस्तानको नागरिक रहेको स्वीकार गरेका छन्। उक्त व्यक्तिको मोबाइल फोन, पाकिस्तानको राष्ट्रिय पहिचान पत्र, पेन ड्राइभ र 175 रूपियॉं (पाकिस्तान करेन्सी) का साथै अन्य सामान्य सामानहरू जफत गरिएको छ। बीएसएफले उक्त व्यक्ति स्थानीय पुलिसलाई सुम्पेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande