केन्द्रिय गृहमन्त्री शाह र भाजपाले पूर्व राष्ट्रपति डा कलामलाई गऱ्यो नमन
missile man of India


नयॉं दिल्ली, 27 जुलाई (हि.स.)। केन्द्रिय गृह एवं सहकारितामन्त्री अमित शाह र भारतीय जनता पार्टी (भाजपा) ले मिसाइल म्यान पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामलाई उनको पुण्यतिथिमा आज श्रद्धाञ्जलि अर्पित गरेका छन्।

शाहले एक्स ह्यान्डलमा पूर्व राष्ट्रपति एवं महान वैज्ञानिक भारत रत्न डा. एपीजे अब्दुल कलामलाई पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जलि अर्पित गरेका छन्। उनले लेखेका छन्, 'आफ्नो अन्तिम श्वाससम्म युवाहरूलाई मार्गदर्शन गर्ने डा. कलाजजीको जीवन कर्मठता, सादगी र संवेदनशीलताको अद्वितीय संगम थियो। पिपल्स प्रेसिडेन्टको नामले प्रसिद्ध डा. कलामजीले विज्ञानदेखि लिएर राजनीतिसम्म आफ्नो कार्यले सबैलाई प्रभावित गरे। आफ्नो हिम्मत र अथक परिश्रमद्वारा कुनै पनि लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा दिए। मिसाइल म्यान डा. कलामका विचारहरूले भावी पीढ़ीलाई मार्गदर्शन गरिरहनेछ।'

भाजपाले पनि डा. कलामको भावपूर्ण स्मरण गरेको छ। भाजपाले एक्स ह्यान्डलमा लेखेको छ, 'प्रेरणाको प्रतीक डा. एपीजे अब्दुल कलामप्रति श्रद्धाञ्जलि, उहॉंको विरासतले मनलाई प्रज्वलित गर्छ, सपनाहरूलाई इन्धन दिन्छ र भारतको भविष्यलाई आकार दिन्छ।'

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande