अमित शाहले सीआरपीएफको स्थापना दिवसमा बधाई दिए
crpf


नयॉं दिल्ली, 27 जुलाई (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले शनिवार केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को स्थापना दिवसमा सीआरपीएफ कर्मीहरू र उनीहरूको परिवारका सदस्यहरूलाई बधाई दिएका छन्।

शाहले एक्स पोस्टमा लेखेका छन्, 'सीआरपीएफ कर्मीहरू र उनीहरूको परिवारका सदस्यहरूलाई स्थापना दिवसमा बधाई। सीआरपीएफले आफ्नो स्थापनादेखि नै राष्ट्रिय सुरक्षालाई आफ्नो मिसन बनाएको छ। बलका बहादुर जवानहरूले आफ्नो ज्यानको परवाह नगरि यस लक्ष्यको प्राप्तिका लागि सम्पूर्ण शक्ति लगाएका छन् र प्रत्येक पटक विजयी बनेका छन्। म सीआरपीएफका ती शहीदहरूलाई नमन गर्दछु जसले कर्तव्य निर्वाह गर्दै आफ्नो प्राणको आहुति दिएका छन्।'

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande