पेरिस, 27 जुलाई (हि.स.)। भारतीय ब्याडमिन्टन स्टार पीवी सिंधुले पेरिस ओलम्पिक 2024 मा आफ्ने अभियानको शुरूवात जितको साथमा गरेकी छन्। सिंधुले आइतवार महिला एकलको ग्रुप एममा आफ्नो स्पर्धामा मालदीवकी फथीमथ नब्बाह अब्दुल रज्जकलाई पराजित गरिन्।
दुईपल्ट ओलम्पिक पदक विजेता सिंधुले पहिलो गेम 21-9 ले आफ्नो नाम गरिन् भे दोस्रो गेम 21-6 ले जितिन्। यो स्पर्धा लगभग 29 मिनटसम्म चलेको थियो। अब सिंधुको दोस्रो ग्रुप म्याच 31 जुलाईमा एस्टोनियाकी क्रिस्टिन कुबासॅंग हुनेछ।
29 वर्षीय सिंधुको यो तेस्रो ओलम्पिक हो। उनले 2016 को रियो ओलम्पिकमा सिल्वर र 2020 को टोक्यो ओलम्पिकमा ब्रोन्ज मेडल जितेकी थिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल