आईपीएल: सर्वाधिक रन बनाउने खेलाड़ीहरूको सूचीमा दोस्रो स्थानमा पुगे विराट कोहली
विराट काेहली


नयॉं दिल्ली, 25 अप्रेल (हि.स.)। इ​ण्डियन प्रीमियर लीग 2025 (आईपीएल) मा बिहिवार एम. चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेङ्गलोर र राजस्थान रोयल्सबीच भएको स्पर्धापछि सर्वाधिक रन बनाउने र विकेट लिनेहरूको सूचीमा धेरै फेरबदल भएको छ।

साई सुदर्शन शीर्षमा, कोहली दोस्रो स्थानमा पुगेगुजरात टाइटन्सका युवा ब्याट्सम्यान बी. साई सुदर्शनले 417 रन बनाएर अझै पनि पहिलो स्थानमा कायम छन्। उनले आठ म्याचमा 52.12 को औसत र 152.18 को स्ट्राइक रेटले रन बनाए।

अर्कोतिर, विराट कोहलीले लगातार दोस्रो अर्धशतक जमाउॅंदै अरेन्ज क्यापको दौडमा ठूलो फड्को लगाएका छन्। राजस्थान विरुद्ध उनले 42 बलमा 70 रन बनाए र अब उनको नाममा नौ परीमा 392 रन पुगेको छ।

निकोलस पूरन तल झरे, सूर्यकुमार चौथो नम्बरमालखनऊ सुपर जायन्ट्सका निकोलस पूरनले प्रतियोगिताको शुरुवात विस्फोटक रूपमा गरेको थियो र धेरै म्याचहरूसम्म सर्वाधिक रन बनाउने खेलाडी बनिरहे। तर, हालका म्याचहरूमा खराब फर्मका कारण अब उनी तेस्रो स्थानमा झरेका छन्। उनको नाममा 377 रन छ।

मुम्बई ​इण्डियन्सका सूर्यकुमार यादवले यस सत्रमा लगातार राम्रो प्रदर्शन गरिरहेका छन्। उनले हरेक म्याचमा उपयोगी योगदान दिएका छन् र अब 373 रनको साथमा चौथो स्थानमा छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande