सेविले, 27 अप्रेल (हि.स.)। बार्सिलोनाका डिफेन्डर जूल्स कोन्डेले शनिवार सेविलेमा खेलिएको रोमाञ्चक कोपा डेल रेको फाइनलमा अतिरिक्त समयमा गोल गरेर आफ्नो टीमलाई रियल म्याड्रिडमाथि 3-2 को शानदार जित दिलाए। यस जितका साथै बार्सिलोनाले रेकर्ड 32औं स्पेनिश कप आफ्नो नाम गरेको छ।
ला कार्तूजा स्टेडियममा सम्पन्न खेलमा पेड्रीले 28औं मिनटमा बार्सिलोनालाई बढत दिलाए। तर, दोस्रो हाफमा किलियन एम्बाप्पेले 70औं मिनटमा र अरेलियन चूअमेनीले 77औं मिनटमा गोल गरेर रियल म्याड्रिडले आफ्नो स्थिति बलियो बनायो। फेरि 84औं मिनटमा फेरान टोरेसले एक गोल गरेर म्याच अतिरिक्त समयमा पुऱ्याए। अन्तत: जूल्स कोन्डेले निर्णायक गोल गरेर बार्सिलोनालाई ऐतिहासिक जित दिलाए।
रियल म्याड्रिडले एम्बाप्पेलाई शुरुवाती एकादशमा राखेको थिएन, तर दोस्रो हाफमा मैदानमा उत्रिएपछि उनले 70औं मिनटमा उत्कृष्ट फ्री किकले स्कोर बराबर गरे। यसपछि चूअमेनीले हेडरले म्याड्रिडलाई बढत दिलाए। बार्सिलोनाको निम्ति युवा विङ्गर लामिन यमालले पनि उत्कृष्ट प्रदर्शन गरे भने टोरेसलाई बराबरीको गाल गर्न मद्दत गरे।
अतिरिक्त समयमा बार्सिलोनाले दबाउ कायम राख्यो। अन्तत: लुका मोड्रिचको गल्तीको फाइदा उठाउॅंदै कोन्डेले शाक्तिशाली शट लगाए र बार्सिलोनालाई जित दिलाए।
हिन्दुस्थान समाचार / भवानी थामी