पञ्चायत समितिद्वारा कृषकहरूलाई कालो दालको बीऊ वितरण
Dal-bitaran


खरसाङ, 01 अगस्त (हि.स.)। खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा खरसाङ खण्ड समितिको पहलमा कृषकहरूलाई कालो दालको बीऊ वितरण गरिएको छ। बाघमारा बस्तीमा धानसितै दालहरू पनि रोपिने हुनाले यस क्षेत्रका 25-26 जना कृषकलाई कालो दाल वितरण गरिएको जानकारी प्राप्त भएको छ।

उक्त कालो दाल वितरण अवधि खरसाङ खण्ड पञ्चायत समितिका सभापति अनु छेत्री, कर्माध्यक्ष एन्ड्रुहाङ सुब्बा, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। बाघमारा बस्तीको कृषकहरूलाई उपस्थित अतिथिहरूको बाहुलीबाट कालो दालको बीऊ वितरण गरियो।

पञ्चायत सदस्य राजीव तामाङले बाघमारा बस्ती क्षेत्रका कृषकहरूलाई बारीमा कालो दाल रोप्नलाई बीऊ पञ्चायत समितिको तर्फबाट वितरण गरिएको जानकारी गराए। उनले यसका लागि खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री, कृषि विभागका कर्माध्यक्ष दिनेश तामाङ, पञ्चायत समिति सदस्य कुसाङ लामा र अन्यप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक / बिशाल


 rajesh pande