नयाँ दिल्ली, 22 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कसॅंग सुरक्षा, व्यापार र निवेशसहित द्विपक्षीय सम्बन्धहरूलाई बलियो बनाउनमाथि कुराकानी गरे। यस अवधि दुवै नेताले सम्बन्धहरूलाई रणनीतिक साझेदारीको स्तरसम्म बढ़ाउनमा सहमति व्यक्त गरेका छन्। यसका साथै आपसी हितहरूको क्षेत्रीय र वैश्विक मुद्दाहरूमाथि पनि विचारहरूको आदान-प्रदान गरेका छन्।
प्रधानमन्त्री मोदी र पोल्याण्डका समकक्ष डोनाल्ड टस्कले वारसामा प्रतिनिधिमण्डल स्तरको वार्तापछि संयुक्त संवाददाता सम्मेलनलाई सम्बोधित गरे। प्रधानमन्त्री मोदीले भने, सुन्दर शहर वारसामा सौहार्दपूर्ण स्वागत, शानदार आतिथ्य र मैत्रीपूर्ण शब्दका लागि म प्रधानमन्त्री टस्कलाई धन्यवाद दिन चाहन्छु। तपाई लामो समयदेखि भारतको नजिककाे मित्र रहनु भएकाे छ। तपाईले भारत र पोल्याण्डबीच मैत्रीलाई प्रगाढ़ बनाउनमा महत्वपूर्ण भूमिका निभाउनु भएकाे छ। 2022 मा यूक्रेन संघर्षमा भारतीय छात्रहरूलाई बचाउनका लागि तपाईले जुन उदारता देखाउनु भयाे, हामी भारतीय त्यसलाई कहिले पनि बिर्सिने छैनौं। आजको दिनले भारत र पोल्याण्डको सम्बन्धहरूमा विशेष महत्व राख्दछ। आज 45 वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले पोल्याण्डको यात्रा गरेको छ। यस वर्ष हामी आफ्नो राजनयिक सम्बन्धहरूको 70औं वर्षगाठ मनाइरहेका छौं। यस अवसरमा हामीले सम्बन्धहरूलाई रणनीतिक साझेदारीमा परिवर्तित गर्ने निर्णय लिएका छौं। भारत र पोल्याण्डबीच सम्बन्ध लोकतन्त्र र कानुनको शासन जस्ता साझा मूल्यहरूमाथि आधारित छ।
उनले भने, हामी पोल्याण्डका कम्पनीहरूलाई मेक इन इण्डिया र मेक फर द वर्ल्डसित जोड़िनका लागि आमन्त्रित गर्छौं। भारत र पोल्याण्ड अन्तरराष्ट्रिय मंचमा पनि करीबी तालमेलको साथ अगाड़ी बढ़िरहेका छन्। वैश्विक चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्र संघ तथा अन्य अन्तरराष्ट्रिय संस्थानहरूमा रिफर्म वर्तमान समयको माग हो, यसमा हामी दुवै सहमत छौं। जनवरी 2025 मा पोल्याण्डले यूरोपीय संघको अध्यक्षता सम्हाल्नेछ।
उनले विश्वास व्यक्त गर्दै भने, पोल्याण्डको सहयोगले भारत र यूरोपीय संघबीच सम्बन्धहरूलाई अझ् प्रगाढ़ बनाउनेछ। यूक्रेन र पश्चिम एशियामा जारी संघर्ष हामी सबैको निम्ति गहिरो चिन्ताको विषय हो। कुनैपनि समस्याको समाधान युद्धको मैदान हुन सक्दैन भन्ने भारतको दृढ़ विश्वास रहेको छ। कुनैपनि संकटमा निर्दोष मानिसहरूको ज्यानको हानि सम्पूर्ण मानवताको निम्ति सबैभन्दा ठूलो चुनौती बनेको छ। हामी शान्ति र स्थिरताको छिटोभन्दा छिटो बहालीको निम्ति संवाद र कूटनीतिको समर्थन गर्दछौं। यसको निम्ति भारत आफ्ना मित्र देशहरूसॅंग मिलेर हर सम्भव सहयोग दिनका लागि तयार छ। पोल्याण्डमा इन्डोलोजी र संस्कृतको धेरै पुरानो र समृद्ध परम्परा छ। भारतीय सभ्यता र भाषाहरूमा गहिरो रूचिले हाम्रो सम्बन्धलाई बलियो आधार दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल