नेपालमा 288 परिवारका डेढ़ हजार मानिस फर्के सनातन धर्ममा
नेपालमा 288 परिवारका डेढ़ हजार मानिस फर्के सनातन धर्ममा


काठमाण्डौं, 01 सेप्टेम्बर (हि.स.)। नेपालको सुनसरी जिल्लामा 288 परिवारका डेढ़ हजार मानिस सनातन धर्ममा फर्केका छन्। विश्व हिन्दू परिषद नेपालको तत्वावधानमा आय़ोजित शुद्धिकरण महायज्ञमा उनीहरूले इसाई पन्थ त्यागेर फेरि सनातन धर्म अपनाएका हुन्।

विहिप नेपाल अनुसार, शनिवार सुनसरी जिल्लाको देवानगंजमा आयोजित एक कार्यक्रममा त्यहाँ बसिरहेका 288 परिवारका लगभग 1500 जना सहभागी थिए। विहिपका संगठन सचिव प्रहलाद रेग्मीले भने, पुनः सनातन धर्ममा फर्किनेहरूका लागि स्थानीय श्रीकृष्ण माध्यमिक विद्यालयको प्रांगणमा शुद्धिकरण महायज्ञको आयोजन गरिएको थियो। विहिपको पुनः सनातन धर्ममा फर्किने अभियानलाई देशभरिबाट जोडदार समर्थन हासिल भइऱहेको छ र लगातार यस प्रकारको कार्यक्रम आयोजन बेग्ला-बेग्लै जिल्लाहरूमा गरिॅंदैछ।

उनले भने, नेपालमा साई मिशनरीहरूद्वारा जुन प्रकारले पैसाको लोभमा मनान्तरण गरिॅंदैछ, अब मानिसहरूले त्यसको वास्तविकता बुझ्न थालेका छन्। विहिपको प्रयासले मानिसहरू स्वधर्ममा फर्किनका लागि जागृत भइऱहेका छन्। सुनसरी जिल्लाको देवानगंजमा भएको कार्यक्रममा विहिपका पदाधिकारीहरू बाहेक भारी संख्यामा स्थानीय मानिसहरू र धार्मिक एवं सामाजिक संस्थाहरूका प्रतिनिधि उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande