पेरिस, 02 सेप्टेम्बर (हि.स.)। निषाद कुमारले आइतवार अबेर राति पुरूषहरूको हाई जम्प टी47 फाइनलमा दोस्रो स्थान प्राप्त गरेर पेरिस 2024 प्यारालम्पिकमा भारतको निम्ति सातौं पदक हासिल गरे।
निषादले 2.04 मीटरको जम्प सजिलै गरे तर 2.08 मीटरमा असफल रहे, आफ्नो पहिलो प्यारालम्पिक खेलहरूमा भाग लिइऱहेका 24 वर्षीय भारतीयले 2.06 मीटरको नयाँ एशियाई रेकर्डको साथ रजत पदक जिते। जबकि रूसका जर्जी मार्गिएवले कांस्य पदक हासिल गरे।
यूएसएका रोडरिक टाउनसेन्डले आफ्नो पहिलो प्रय़ासमा 2.12 मीटरको जम्प गरेर स्वर्ण पदक जिते। उनले 2021 मा पनि प्यारालम्पिक स्वर्ण जितेका थिए। यसबाहेक 2022 एशियाई प्यारा खेलहरूमा उनले चीनको हाङ्ग्जोमा पुरूषहरूको हाई जम्प टी47 मा स्वर्ण पदक जितेका थिए।
यसबीच भारतले जारी पेरिस प्यारालम्पिकमा एक स्वर्ण, दुई रजत र तीन कांस्यको साथ कूल सात पदक हासिल गरेको छ। आइतवार भारतीय प्यारास्प्रिन्टर प्रीति पालले 200 मीटर टी-35 मा 30.01 सेकेन्ड समयको साथमा कांस्य पदक जितिन्। यस पदकका साथै उनले प्यारालम्पिक वा ओलम्पिकमा ट्र्याक एण्ड फील्ड इवेन्टमा दुई वटा पदक जित्ने प्रथम भारतीय महिला एथलीटकाे रूपमा इतिहास पनि रचेकी छन्।
यस अघि उनले 14.21 सेकेन्ड समय लिएर टी35 100 मीटर दौड़मा तेस्रो स्थान हासिल गरिन् औं कांस्य पदक जितिन्, जुन उनको व्यक्तिगत सर्वश्रेष्ठ पनि हो।
हिन्दुस्थान समाचार / भवानी थामी