तीन परिवारले 70 वर्षसम्म जम्मू-कश्मीरमा लोकतन्त्रलाई कुल्चियो- अमित शाह
amit shah


जम्मू, 26 सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीरमा विधानसभा चुनाउको अन्तिम चरणमा प्रचारको निम्ति आएका केन्द्रिय गृहमन्त्री अमित शाहले बिहिवार पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र राहुल गान्धीमाथि तीखो हमला गरेका छन्। उनले भने, यिनीहरूले कुन मुखबाट जम्मू-कश्मीरमा लोकतन्त्र ल्याउनेछौं भनिरहेका छन्। अब्दुल्ला परिवार, मुफ्ती परिवार र नेहरू-गान्धी परिवारले 70 वर्षसम्म यहाँ लोकतन्त्रलाई कुल्चेकाे छ।

चनैनीमा आयोजित जनसभामा केन्द्रिय गृहमन्त्री शाहले अफजल गुरूको फाॅंसीको सजायको विरोधलाई लिएर उमर अब्दुल्लामाथि कड़ा प्रहार गरे। उनले भने, हाम्रो देशको संसदमा जुन अफजल गुरूले हमला गरायो, यिनीहरूले उसको फाॅंसीको विरोध गरिरहेका छन्। उमर अब्दुल्ला भन्छन्, अफजल गुरूलाई फाॅंसी दिनु हुने थिएन। अब्दुल्ला साहब तपाईले आतङ्कीहरूलाई बिरयानी खुवाइबस्नुहोस्, तर आतङ्क फैलाउनेहरूलाई जवाफ फाॅंसीबाट नै दिइनेछ।

उनले भने, जम्मू-कश्मीरमा पञ्च र सरपञ्चको चुनाउ भइसकेको छ र 40 हजार मानिसले अब लोकतन्त्रको खुशियाली मनाइरहेका छन्। उनले भने, पहिले तीन राजनीतिक परिवारले नेपोटिजमलाई प्रोत्साहन दिए, तर मोदी सरकारको प्रयासहरूले युवा अब निर्णय लिने प्रक्रियामा सामेल भइरहेका छन्। उनले जम्मू-कश्मीरको आतङ्कवादको इतिहासमाथि पनि प्रकाश पार्दै भने, 40 वर्षसम्म यहाँ आतङ्कवादको छाया रह्यो, जसमा 40 हजार मानिस मारिए। मोदी सरकारले अनुच्छेद 370 लाई समाप्त गऱ्यो, जसपछि न त ढुङ्गामुड़ा हुन्छ न त गोली नै चल्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande