गान्तोक, 10 जनवरी (हि.स.)। केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द रायले शुक्रवार मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको सरकारी आवासमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा केन्द्रिय गृह राज्यमन्त्री र मुख्यमन्त्रीबीच विभिन्न महत्वपूर्ण विषयहरूमाथि अर्थपूर्ण चर्चा भयो। मुख्यमन्त्रीले उनलाई स्वागत जनाउन र उत्पादक विचारहरूको आदान-प्रदानमा सलंग्न बन्नु सम्मानको कुरा रहेको बताएका छन्।
उल्लेखनीय छ, केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द राय तीन दिवसीय भ्रमणमा बिहिवार सिक्किम आएका छन्। आफ्नो भ्रमण अवधि रायले गान्तोक र पाकिम जिल्लामा आयोजन हुने विभिन्न कार्यक्रमहरूमा भाग लिनेछन्।
हिन्दुस्थान समाचार / बिशाल