जाली पासपोर्ट मामिलामा सक्रिय भयो ईडी, कोलकाता पुलिससित सम्पर्क गऱ्यो
जाली पासपोर्ट मामिलामा सक्रिय भयो ईडी, कोलकाता पुलिससित सम्पर्क गऱ्यो


कोलकाता, 15 जनवरी (हि. स.)। जाली पासपोर्ट मामिलामा अब प्रवर्तन निदेशालय (ईडी) पनि सक्रिय भएको छ। ईडीले यस मामिलामा कोलकाता पुलिससित जानकारी जुटाइरहेको छ। एकजना अधिकारीले बुधवार बताए, गए मंगलवार ईडीका अधिकारीहरूले पुलिसबाट जाली पासपोर्टसित सम्बन्धित दस्तावेज लिएर त्यसको जाँचमा जुटेका छन्। तथापि ईडीले अहिलेसम्म मामिला भने दर्ता गरेको छैन। दस्तावेजहरूको जाँचपछि मामिला दर्ता गर्न सक्छ।

वास्तवमा जाली दस्तावेजहरूको प्रयोग गरेर जाली पासपोर्ट बनाउने गिरोह विगत लामो समयदेखिकै राज्यमा सक्रिय छ। जाँचकर्ताहरूले कोलकाता अनि उपनगरीय क्षेत्रहरूका कतिपय ठाउँहरूमा छापा मारेर संदिग्धहरूलाई पक्राउ गरेका छन्। उत्तर 24 परगना जिल्लाबाट मात्र धेरैजनालाई पक्राउ गरिएको छ।

गत 15 दिसम्बरमा समरेश विश्वास औ दीपक मण्डललाई जाली भारतीय पहिचान पत्र अनि पासपोर्ट बनाएको आरोपमा पक्राउ गरिएको थियो। पुलिसले मण्डलसित जाँचबुझ गरेर एकपछि अर्को जानकारीहरू हासिल गऱ्यो। राज्यका केही जिल्लाहरूबाट केही मानिसहरूलाई पक्राउ गरियो। ठूलो संख्यामा जाली दस्तावेज, एसबीआई अनि इण्डियन ब्यांकको मोहर, केही भारतीय पासपोर्ट तथा ब्रिटिश भीजाको फोटोकपी जफत गरियो। यो सर्वविदितै छ कि जाली पासपोर्टको कारबार देशमा मात्र नभएर बंगलादेशमा पनि व्यापक रूपमा फैलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande