मेदिनीपुर सलाइनकाण्डः सेप्टिक तथा अंग विफलताको कारणले भएको हो  प्रसुताको मृत्यु, पोस्टमर्टम रिपोर्टमा खुलासा
मेदिनीपुर सलाइनकाण्डः सेप्टिक तथा अंग विफलताको कारणले भएको हो  प्रसुताको मृत्यु, पोस्टमर्टम रिपोर्टमा खुलासा


कोलकाता, 15 जनवरी (हि. स.)। मेदिनीपुर मेडिकल कलेजको सलाइनकाण्डमा मृत प्रसुता मामनी रूईदासको पोस्टमर्टम रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्टमा उनको मृत्युको कारण 'मल्टी अर्गेन फेल्योर' (अंगहरूलेक काम गर्न बन्द गर्नु) तथा 'सेप्टिक शक' (संक्रमण जनित गहिरो प्रभाव) रहेको बताइएको छ।

मामनी सहित पाँचजना प्रसुताहरूले एकै दिनमा सर्जरीको माध्यमबाट सन्तान जन्माएका थिए। यी सबैलाई रिंगर्स ल्याक्टेट (आरएल) सलाइन दिइएको थियो जसपश्चात उनीहरू गम्भीर रूपमा बिमार भए। गत शुक्रवार बिहान मामनीको मृत्यु भएको थियो जसबाट अस्पताल प्रशासन अनि स्वास्थ्य विभागमा खैलाबैला मच्चिएको छ।

यस घटनापछि अस्पतालमा प्रयोग गरिएको सलाइन अनि औषधिहरूको नमूना जाँचको लागि पठाइएको छ। स्वास्थ्य विभागले यस मामिलाको जाँचको लागि 13 सदस्यीय कमिटी बनाएको छ जसले यो पत्तो लगाउनेछ, गलती कसको थियो र के आरएल सलाइनको कारणले यो दुर्घटना भएको हो।

कमिटीले मेदिनीपुर मेडिकल कलेजमा पुगेर सलाइन तथा औषधिहरूको नमूना एकत्र गऱ्यो अनि अस्पताल प्रबन्धनसित बातचित गऱ्यो। यस अतिरिक्त कलेजकी प्रिन्सिपल मौसमी नन्दी र स्त्री रोग विभागीय प्रमुखलाई एसएसकेएम अस्पतालमा बोलाएर जाँचबुझ गरियो।

मुख्य सचिव मनोज पन्तले सोमवार भने, हामी कुनै पनि लापरवाहीलाई सहन गर्नेछैनौं। मामिलाको विस्तृत जाँच गर्ने आदेश दिइएको छ।

उनले बताए, प्रारम्भिक जाँचमा पाइयो, अपरेशन अवधि आवश्यक प्रोटोकल पालन गरिएन। मेदिनीपुर मेडिकल कलेजमा प्रसुताहरूको उपचारको क्रममा वरिष्ठ डाक्टरहरूको उपस्थिति सुनिश्चित गरिएको थिेएन जुन नियमहरूको उल्लंघन हो।

मुख्य सचिवले यो पनि भने, सलाइन अतिरिक्त अक्सीटोसिनलाई सही ढंगमा दिइएको थियो-थिएन त्यसको पनि जाँच गरिँदैछ। स्वास्थ्य विभागको रिपोर्ट आएपछि अग्रिम कारबाही हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande